logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • गगन थापाले ट्वीट गर्दै भने– ‘काबिल नेतृत्व छान्ने विश्वास छ’

    गगन थापाले ट्वीट गर्दै भने– ‘काबिल नेतृत्व छान्ने विश्वास छ’

    3.3K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले कांग्रेस पुनर्निर्माणका लागि काबिल नेतृत्व छनोटको अपेक्षासहित अधिवेशन सफलताको कामना गरेका छन् । कांग्रेसले शनिबार विभिन्न ६४ जिल्लाको नगर र गाउँ पालिका स्थानीय तहको अधिवेशन गर्दैछ ।

    नेता थापाले ट्वीट गर्दै संघीय संरचनामा स्थानीय तहको विकास, पार्टी संगठन सबलीकरणसँगै पार्टी पुनर्निर्माणका लागि काबिल नेतृत्व छनोट हुने विश्वास व्यक्त गरेका हुन् ।

    ‘नेपाली कांग्रेसको स्थानीय तहका लागि नेतृत्व छनोट गर्न गाउँ/नगरपालिकाको आधिवेशन आजबाट प्रारम्भ हुँदैछ । संघीय संरचनामा स्थानीय तहको विकास, पार्टी संगठन सबलीकरणसँगै पार्टी पुनर्निर्माणको लागि काबिल नेतृत्व छनोट हुनेछ भन्ने विश्वाससहित अधिवेशनको सफलताको कामना गर्दछु,’ थापाले भनेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend