logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    काठमाडौंलाई एक सय ५८ रनको लक्ष्य 

    काठमाडौंलाई एक सय ५८ रनको लक्ष्य 

    3.1K
    Shares

    काठमाडौं । पवन सर्राफको अर्धशतकमा लतिलपुर प्याट्रियट्सले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपीएल) मा शनिबार काठमाडौं किंग्स–११ लाई एक सय ५८ रनको लक्ष्य दिएको छ । 

    पवनले ६१ रन बनाएपछि टस हारेर ब्याटिङमा आएको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा एक सय ५७ बनायो । ४० बलमा अर्धशतक बनाएका पवनले कुल ४४ बल खेली ५ चौका र चार छक्का प्रहार गरे ।

    साविक विजेता ललितपुरको सुरुआत निकै दयनीय भएको थियो । जितेन्द्र मुखियाले पहिलो बलमै ललितपुरका कप्तान कुशल भुर्तेललाई आउट गरेका थिए भने ओभरको अन्तिम बलमा सेन्डोन विराकोडीलाई २ रनमा आउट गरी काठमाडौंलाई निकै उत्कृष्ट सुरुआत दिलाएका थिए ।

    शंकर रानाले २७ बलमा १४ रनमात्र बनाए पनि उनले पवनलाई राम्रो साथ दिए । पवनले त्यसपछि योगेन्द्रसिंह कार्कीसँग अर्को राम्रो साझेदारी गरे । योगेन्द्रले २० बलमा ३ छक्कासहित ३३ रन बनाए । पवन र योगेन्द्रलाई जिम्बावेका बलर रायन बर्लले लगातार बलमा आउट गरे ।

    रासिद खान १ रनमै आउट भए । ईपीएल खेल्ने पहिलो भुटानी खेलाडी बनेका मिक्यो दोर्जी १३ बलमा १ चौका र १ छक्का प्रहार गरी १७ रन बनाई अविजित रहे । नारायण जोशी ४ बलमा १२ रन बनाई अन्तिम ओभरमा आउट भए ।

    काठमाडौं किंग्सका जितेन्द्र मुखियाले ४ ओभरमा १८ रनमात्र खर्चेर ४ विकेट लिए । बर्लले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । गुलशन झाले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ४४ र शाहिद अफ्रिदीले ४ ओभरमा ३२ रन खर्चेर कुनै विकेट लिन सकेनन् ।

    असोज २३ गतेसम्म चल्ने इपीएलमा काठमाडौं र ललितपुरसँगै विराटनगर वारियर्स, चितवन टाइगर्स, भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोज गरी ६ शहरका फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् । 

    टी–२० फरम्याटको इपीएलको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १५ लाख पाउनेछ । यस पटक इपीएलको विजेताले पाउने पुरस्कार राशीमा वृद्धि गरिएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend