logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • एमालेमा छानिए १० टाेली नेता, कस–कसले पाए जिम्मेवारी ? 

    एमालेमा छानिए १० टाेली नेता, कस–कसले पाए जिम्मेवारी ? 

    3.8K
    Shares

    काठमाडाैं । नेकपा एमाले केन्द्रीय समिति बैठकमा प्रस्तुत भएकाे प्रतिवेदनमाथिको समूहगत छलफल सकिएको छ ।  शनिबार ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बसेको बैठकमा समूहगत छलफल भएकाे हाे ।

    पार्टीका अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल भएकाे हाे । 

    बैठकमा १० वटा समूह बनाएर समूहगत छलफल गरिएकाे थियाे ।  बैठकले दशवटै समूहको टोली नेता समेत चयन गरेको छ । 

    प्रदेश १ बाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, वागमतीबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा ,लुम्बिनीबाट दलबहादुर राना, कर्णालीबाट यमलाल कँडेल, सुदूरपश्चिमबाट कर्ण थापा, उपत्यका विशेषबाट माधव ढुंगेल र जनवर्गीय संगठन तथा विभागहरूबाट खिमलाल भट्टराईले छलफलको निष्कर्ष सुनाउने बताइएकाे छ । 

    समूहगत छलफलको सुझावपछि अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडेलले जवाफ दिनेछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend