logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • बागमती च्याम्पियन

    बागमती च्याम्पियन

    6.5K
    Shares

    काठमाडौं । बागमती प्रदेशले प्रथम राष्ट्रिय केन्पो खुकुरी मार्सल आटर््स च्याम्पियनसिपको उपाधि जितेको छ । बागमती सात स्वर्णसहित समग्रमा टिम च्याम्पियन बनेको हो । 

    नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघद्वारा आयोजित प्रतियोगितामा ६ स्वर्णसाथ सुदूरपश्चिम प्रदेश दोश्रो  भयो । तेश्रो स्थानको कर्णाली प्रदेशले ३ स्वर्ण हात पा¥यो । लुम्बिनी प्रदेश र प्रदेश २ ले समान १–१ स्वर्ण जिते ।

    प्रतियोगिताअन्तर्गत फुल केन्पोको पुरुष ४५–४९ केजीमा प्रदेश २ का विशाल कुसुवार तथा ५०–५४ केजीमा बागमतीका हिमाल बलले स्वर्ण जिते ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको सेमी केन्पोतर्फ महिला ५०–५४ केजीमा कर्णालीकी निरुता कोइराला तथा ५५–५९ केजीमा बागमतीकी शितल बोहरा पहिलो भए ।

    समूहगत काताको पुरुषमा सुदूरपश्चिम पहिलो, कर्णाली दोश्रो तथा लुम्बिनी र प्रदेश २ तेश्रो भए । सोही स्पर्धाको महिलामा बागमतीले स्वर्ण, लुम्बिनीले रजत तथा कर्णाली र प्रदेश २ ले कांस्य हात पारे ।

    प्रतियोगिता सञ्चालका लागि मुख्य जज सन्जितकुमार राईको नेतृत्वमा जज सिद्धार्थ लामा, जज उद्धव थापा मगर, जज रमेश महर्जनलगायत १५ सदस्यीय प्राविधिक टोली परिचालन गरिएको थियो ।

    विजेतालाई आयोजक संघका अध्यक्ष पूर्णप्रसाद पाण्डेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा प्रदेश १ बाहेक विभिन्न ६ प्रदेशका १ सय खेलाडीले २० स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend