logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • साविक विजेता ललितपुर पहिलो खेलमै पराजित

    साविक विजेता ललितपुर पहिलो खेलमै पराजित

    3.4K
    Shares

    काठमाडौं । काठमाडौं किंग्स–११ का बलर जितेन्द्र मुखिया, विकेटकिपर ब्याट्सम्यान रहमानुल्लाह गुर्बाज र अलराउण्डर राएल बर्ल चम्किएपछि साविक विजेता ललितपुर चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटको पहिलो खेलमै पराजित भएको छ । 

    शनिबार टियु मैदान कीर्तिपु्रमा भएको उद्घाटन खेलमा काठमाडौं किंग्स–११ले ललितपुरलाई सात विकेटले हरायो । ललितपुरले दिएको एक सय ५८ रनको लक्ष्य काठमाडौंले १४.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो ।

    काठमाडौंको जितमा जिम्बाव्वेका बर्लले अविजित रहँदै सर्वाधिक ७३ रन बनाए । अफगानिस्तानका गुर्बाजले ५९ रन बनाए । राजु रिजालले अविजित १९ रन बनाए ।

    ओपनर सुबास खकुरेल पहिलो ओभरमा खाता नखोली रनआउट भए । अमित श्रेष्ठ दोस्रो ओभरमा ४ रन बनाएर रनआउट हुँदा काठमाडौंले १२ रनमै २ विकेट गुमाएको थियो ।

    epl 2.jpg

    तर अर्का ओपनर रहमानुल्लाह गुर्बाजले एक छेउबाट आक्रमक ब्याटिङ गर्दै काठमाडौंको ईनिङ्स समहाले । उनलाई राएन बर्लले गतिलो साथ दिए । यी दुईले तेस्रो विकेटका लागि ७६ रनको साझेदारी गरे । गुर्बाजले ३६ बल खेल्दै ४ चौका र ४ छक्का मद्दतमा ५९ रन बनाए ।

    ११औं ओभरमा गुर्बाज आउट हुँदा काठमाडौंको स्कोर८८ थियो । त्यसपछि बराबरी बर्लले आक्रमक ब्याटिङ गर्दै २७ बलमै अर्धशतक बनाए । बर्लले राजु रिजालसंग चौथो विकेटका लागि अविजित ७२ रनको साझेदारी गर्दै काठमाडौंलाई जितसम्म पु¥याए ।

    बर्लले ३४ बल खेल्दै ३ चौका र ७ छक्का मद्दतमा अविजित ७३ रन बनाए । बर्लले १५औं ओभरको दोस्रो बलमा ललितपुरका कप्तान कुशल भुर्तेललाई चौका प्रहार गर्दै काठमाडौंलाई जित दिलाए । राजुले १३ बल खेल्दै २ चौका मद्दतमा अविजित १९ रन बनाए । ललितपुरका पवन सर्राफले १ विकेट लिए ।

    यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले पवन सर्राफको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको हो । ललितपुरका लागि पवन सर्राफले ६१ रन बनाए ।

    खेलको पहिलो बलमै ललितपुरका कप्तान कुशल भुर्तेल आउट भएका थिए । त्यसै ओभरमा सन्दुन विराकोडी २ रन बनाएर आउट भए । दोस्रो ओभरमा गुल्शन झाले ओसादा फर्नान्डोलाई आउट गरेपछि ललितपुरले ७ रनमै ३ विकेट गुमायो । त्यसपछि शंकर राना र पवन सर्राफले ललितपुरको ईनिङ्स सम्हाले । यी दुईले तेस्रने विकेटका लागि ५६ रनको साझ्दारी गरे । शंकर राना १४ रन बनाएर १० औं ओभरमा आउट भए ।

    epl 3.jpg

    त्यसपछि पवन र योगेन्द्र सपंह कार्क्कीले पाँचौ विकेटका लागि ६२ रनको साझेदारी गरे । दुवैलाई काठमाडौंका राएन बर्लले १७ औं ओभरमा आउट गरे । पवनले ४४ बल खेल्दै ५ चौका र ४ छक्का मद्दतमा ६१ रन बनाए । योगेन्द्रले २० बल खेल्दै ३ छक्का मद्दतमा ३३ रन जोडे ।

    पहिलो पटक विदेशी लिग खेल्ने भुटानी खेलाडी बनेका रन्जुग मिक्यो दोर्जीले अविजित १७ रन जोडे । काठमाडौंका जितेन्द्र मुखियाले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । राएन बर्लले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । गुल्शन झा ले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए ।

    कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ४४रन खर्चिएपनि विकेट लिन सकेनन् । यस्तै पाकिस्तानका शाहिद अफ्रिदीले ४ ओभरमा ३२ रन खर्चिए भने विकेट लिन सकेनन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend