logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • आगामी चुनावपछि एमालेलाई टर्च बालेर खोज्नुपर्छ : माधव नेपाल 

    आगामी चुनावपछि एमालेलाई टर्च बालेर खोज्नुपर्छ : माधव नेपाल 

    5.6K
    Shares

    मकवानपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावपछि एमालेलाई टर्च बालेर खोज्नुपर्ने बताएका छन् । शनिबार हेटौँडामा पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले आफ्नो पार्टी शक्तिका रुपमा उदाउने दाबीसमेत गरे । 

    उनले भने ‘एमाले आगामी चुनावमा टर्च बालेर खोज्नुपर्ने अवस्थामा गइरहेको छ । हेर्दै जानुस् ।’ उनले केपी ओली अहंकारको घोडाबाट खसेपछि गालीगलौचमा लागेकाे पनि जिकीर गरे । अगाडि उनले भने ‘उनीहरूको काम नै गाली गर्ने, त्यसैमा रमाउँछन् । हामी त्यस्तो गर्ने छैनौं । सद्‍बुद्धि आओस्, मति सुध्रियोस् । हामी गलत बाटोमा जान चाहन्नौँ । नत्र त उहाँहरू र हामीमा के फरक ?’

    अध्यक्ष नेपालले पाँच दलीय गठबन्धनको संरचना बनाउने र त्यसलाई आउँदो चुनावसम्मका लागि केन्द्रदेखि स्थानीय स्तरसम्म विस्तार गर्ने पनि बताए । अध्यक्ष नेपालले एकीकृत समाजवादीले युवा र महिलाहरूलाई नेतृत्वमा ल्याउने पनि जानकारी दिए । उनले नेतृत्व लिनका लागि युवा र महिलाहरूलाई आह्वानसमेत गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend