logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • एमाले बैठकमा टाेली नेताकाे सुझाव : उपाध्यक्ष बढाउने, कार्यकारी पदमा दुई पटकभन्दा बढी रहन नपाइने

    एमाले बैठकमा टाेली नेताकाे सुझाव : उपाध्यक्ष बढाउने, कार्यकारी पदमा दुई पटकभन्दा बढी रहन नपाइने

    2.8K
    Shares

    काठमाडौं । नेकपा (एमाले)मा कार्यकारी पदमा दुई पटकभन्दा बढी रहन नपाइने र उपाध्यक्ष र सचिव ७–७ जना राख्नुपर्ने सुझाव दिइएकाे छ । शुक्रबारदेखि भइरहेकाे केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनका लागि समूहगत छलफल गर्दा नेताहरुले यस्तो सुझाव दिएका हुन् ।

    १० वटा समूह बनाएर तीन दस्तावेजमाथि छलफल भएको थियो । हाल प्रस्ताव गरिएको विधान संशोधन प्रस्तावमा उपाध्यक्ष ३ जना मात्रै राख्ने उल्लेख गरिएको छ । 

    नेताहरुले फागुन २३ को फैसलापछि पनि एमालेमै रहेका पूर्व माओवादी नेताको जिम्मेवारी खोस्न नहुनेलगायतका सुझाव पनि दिएका छन् ।  समूहगत छलफलमा पोलिटब्यूरो कायम राख्नुपर्ने आवाज पनि उठेको छ । यसअघि विधान संशोधन प्रस्तावमा पाेलिब्यूराे नरहने बताइएकाे थियाे  ।

    यसैगरी पार्टीका नेताहरुले एमसीसीकाे बारेमा पार्टीकाे धारणा के हाे ? भनी प्रश्न समेत गरेका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend