logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको उद्घाटन (फोटोफिचर)

    अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको उद्घाटन (फोटोफिचर)

    7K
    Shares

    तस्बिर : रमेशकुमार परियार 

    काठमाडौँ। भावी नेतृत्वको रुपमा हेरिने नेकपा (माओवादी केन्द्र) को भातृ संगठन  अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन उद्घाटन भएको छ ।

    बिहीबार सम्मेलनको नेपाल प्रज्ञा प्रतिष्ठानमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका हुन् । तीन दिनसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । 

    अखिल क्रान्तिकारीको नेतृत्वका लागि एक महासचिव र पाँच उपाध्यक्ष मैदानमा छन् । पार्टी अध्यक्ष प्रचण्ड स्वयम्ले सम्मेलन अगाडि अध्यक्ष पदका उम्मेदवारसँग एक्लाएक्लै भेट गरेर योजना मागिसकेका छन् । प्रज्ञा प्रतिष्ठानमा आयोजित उद्घाटन समारोहमा माओवादी शीर्ष नेता र विद्यार्थीको बाक्लो उपस्थिति रहेको छ ।

    कोरोना महामारीपछिको अवस्था भएकाले परिस्थिति अनुकूल नभएको भन्दै सानो कमिटी बनाउने तयारी अखिलको छ। सम्मेलनले १५ देखि १७ जनाको पदाधिकारी र १५१ जनाको केन्द्रीय कमिटी बनाउने छ ।

    सम्मेलन अघि नै पाँच उपाध्यक्ष र एक महासचिवसहित ६ जनाको दाबेदारी अध्यक्षका लागि देखिएको छ। सुरेन्द्र बस्नेत, पञ्चा सिंह, तिलकराज भण्डारी, उत्तम अधिकारी, दीपक देवकोटा र विजय गौतमलाई नै भावी नेतृत्वको रुपमा हेरिएको छ।

    10.jpg

    9.jpg8.jpg7.jpg6.jpg5.jpg4.jpg3.jpg2.jpg1.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend