logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    ठूलो समूहसहित ‘एमाले प्रवेश’ गर्दै राजकुमार लेखी : कस्तो छ तयारी ?

    ठूलो समूहसहित ‘एमाले प्रवेश’ गर्दै राजकुमार लेखी : कस्तो छ तयारी ?

    5.6K
    Shares

    काठमाडौं। दल विभाजन र नेताको दौडलाई नेपाली राजनीतिमा सामान्य मानिन्छ। थारुहट आन्दोलनका अगुवा एवम् आदिवासी जनजाति महासंघका पूर्वअध्यक्षसमेत रहेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) कार्यकारिणी सदस्य राजकुमार लेखीले बिहीबार राजीनामा दिएपछि उनको आगामी राजनीतिक यात्राको चर्चा सुरु भएको छ। 

    लामो समय एमालेमा राजनीति गरेर पछिल्लो समय पहिचान र अधिकारको राजनीति गर्दै आएका लेखी फेरि एमाले प्रवेश गर्ने तयारीमा छन्। औपचारिक रुपमा एमाले प्रवेशको घोषणा नगरे पनि नेता लेखीले यस विषयमा छफल भइरहेको बताएका छन्। 

    परिवर्तनमा लागेका पार्टीले एजेन्डा एउटा बनाएर व्यवहार अर्को गरेपछि विश्वास गर्ने अवस्था नभएको उनको भनाइ छ। पार्टीले बोकेको एजेन्डामा नेतृत्व इमान्दार नभएपछि लोसपा परित्याग गरेको उनको भनाइ छ। 

    ‘आफ्नो एजेन्डा एउटा र व्यवहार अर्को भयो भने जनताले, समाजले विश्वास गर्दैन’, उनले भने, ‘हामीले बोकेको एजेन्डामा हाम्रो पार्टी, हाम्रो नेतृत्व इमान्दार ढंगले काम गर्न सकेन। त्यसपछि विकल्पको खोजी भयो।’ 

    देश बनाउनका निम्ति सबैभन्दा पहिला नेतृत्व परिवर्तन हुनुपर्ने उनको भनाइ छ। परिवर्तनका लागि नेतृत्व पुस्तान्तरण हुनुपर्नेमा उनले जोड दिएका छन्। नेतृत्व परिवर्तन भएसम्म नेपालमा परिवर्तन नहुने उनले प्रष्ट पारे।

    Rajkumar-lekhi-photo.jpg

    ‘परिवर्तनका लागि सयौँ वर्षदेखि एउटा व्यक्ति नेतृत्वमा बस्नु हुँदैन’, नेता लेखी भन्छन्, ‘वर्षौसम्म नेतृत्वमा आफूमात्र बसेर परिवर्तनको पक्षधर हुँ भन्नु सरासर झुटो कुरा हो।’

    पर्टी भित्रका केही व्यक्तिको चित्त बुझाउन नसक्ने नेतृत्वले लाखौं जनतालाई चित्त बुझाउन नसक्ने उनको भनाइ छ। पटकपटक ध्यानाकर्षण गराउँदासमेत पार्टीभित्र युवाको कुरा नसुनेपछि समस्या आएको उनले बताए।  

    ‘आफ्नै पार्टीको युवा र महिला नेतृत्वलााई चित्त बुझाउन नसक्ने नेतृत्वले लाखौँ जनताको कसरी चित्त बुझाउन सक्छ ?’, नेतृत्वमाथि प्रश्न गर्दै लेखीले भने,  ‘पार्टीभित्र हाम्रो कुराको सुनुवाइ भएन त्यही कारण पार्टी अगाडि बढ्न सकेन।’ 

    लेखीले लामो समय एमालेको विभिन्न कमिटीमा काम गरेको आधारमा आफ्नो विचार एमालेसँग मिल्ने बताएका छन्। ‘एमालेको विभिन्न कमिटीमा बसेर काम गरेको हो। अन्य पार्टी भन्दा एमालेसँग अलिबढी विचार मिल्छ। तर, कुन पार्टीमा जाने भन्ने विषयमा छलफल जारी छ।’ 

    कांग्रेस, एमाले र माओवादी नेतासँग छलफल जारी रहेको  र केही दिनमै निष्कर्षमा पुग्ने उनको भनाइ छ। उनले छलफल जारी रहेको तर एमालेमा जाने निश्चित भइनसकेको बताए।  

    ‘कांग्रेस, एमाले र माओवादीका नेताले सम्पर्क गरेर प्रस्ताव राख्नु भएको छ। एक महिनादेखि कांग्रेस, एमाले र माओवादीसँग छलफल चलेको हो’, उनले भने, ‘ठ्याक्कै कता जाने भन्ने विषय टुंगिएको छैन। छलफल जारी छ। म नयाँ पार्टी बनाउने  अभ्यासमा छैन। छलफल चलेकामध्ये सकारात्मक संवाद भएपछि सार्वजनिक हुन्छ।’
      


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend