logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • नेपाल-भारत संयुक्त सैन्य अभ्यास सम्पन्न : के के भयो ? 

    नेपाल-भारत संयुक्त सैन्य अभ्यास सम्पन्न : के के भयो ? 

    5.5K
    Shares

    काठमाडौं । नेपाल र भारतको संयुक्त सैनिक अभ्यास सम्पन्न भएको छ । भारतको पिथौरागढमा असोज ४ गतेबाट सुरु भएको अभ्यास शनिबार सम्पन्न भएको हो । 

    उक्त अभ्यासमा नेपाली सेनाका प्रमुख सेनानीको नेतृत्वमा तीन सय र भारतका चार सय फौजको सहभागिता थियो । संयुक्त सैन्य अभ्यासमा सैनिक युद्धकला, कोरोना महामारीमा सुरक्षा फौजको भूमिका आदिको विषयमा सीप आदानप्रदान भएको रक्षा मन्त्रालयले विज्ञप्ति सार्वजनिक गर्दै जानकारी दिएको छ । 

    संयुक्त सैन्य अभ्यासको समापन समारोहमा भारतीय सेना मध्य कमाण्ड सेनापति एसएस महल, नेपाली सेनाका मध्य कमाण्डका कमाण्डर सेनापति उपरथी विनय विक्रम राणा, श्री नम्बर ३ बाहिनी अड्डाका बाहिनीपति सहायक राथी कुमारबाबु थापा, दुवै देशका सैनिक सहचरी र सहभागी सैनिक अधिकारी उपस्थित थिए । 

    दुई देशका सेनाबीच सम्पन्न सैनिक अभ्यासले दुई देशको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई प्रगाढ बनाएको नेपाली सेनाले जनाएको छ । आधरभूत सैनिक सीपको विकास तथा आपसी समझदारी अभिवृद्धि गर्न यसले सहयोग पुग्ने विश्वास नेपाली सेनाले गरेको छ । 

    nepal-india6.jpg

    nepal-india8.jpg

    Nepal-india2.jpg

    nepal-india-7.jpg

    nepal-india1.jpg

     

    nepal-india3.jpg

    nepal-india4.jpg
     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend