logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    करोडौँ कमाउने लोभमा यी हुन् महिलालाई पासो लगाएर मार्नेहरु

    करोडौँ कमाउने लोभमा यी हुन् महिलालाई पासो लगाएर मार्नेहरु

    4.6K
    Shares

    काठमाडौं । पासो लगाएर मान्छे मारेको डोरी करोडौँ मूल्यमा बिक्री हुने अन्धविश्वासका कारण एक महिलाको हत्या गरेका तीन जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ  ।

    तन्त्र साधना गर्नेलाई पासो लगाइएको डोरी करोडौँमा बेच्न पाउने लोभमा उनीहरुले ललितपुर सुनकोठीमा बस्ने नुवाकोट बेलकोटगढीकी ४५ वर्षीय कमला तामाङको डोरीले घाँटीमा कसेर हत्या गरेका थिए ।

    उक्त घटनामा संलग्न तीनै जनालाई आइतबार प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा २३ वर्षीय सविन प्रजा, उनकी १८ वर्षीया श्रीमती सविना प्रजा माझी र २० वर्षीय सुमन मगर रहेका छन् ।

    महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार कसैले उनीहरुलाई डोरी महँगोमा बेच्न सकिने बताएका कारण महिलाकाे हत्या भएकाे हाे । ‘अन्धविश्वासका कारण नै महिलाकाे हत्या भएकाे हाे ।’ पंगेनीले भने– ‘अन्य कुनै दुश्मनी देखिएकाे छैन ।’

    हत्या गरेको डोरी ऐना अगाडि राख्दा केही नदेखिने अन्धविश्वाससमेत उनीहरुमा कसैले पारेको थियो प्रवक्ता पंगेनीले सुनौलो नेपालसँग भने  ।

    मृतक तामाङ र हत्यामा संलग्न तीनै जना सामान्य ज्याला मजदूरी गर्ने व्यक्ति हुन् । सुमन मगरको हत्या भएकी महिलासँग लामो समयदेखि हिमचिम रहँदै आएको प्रहरी अनुसन्धानमा देखिएको प्रवक्ता पंगेनीले बताए ।

    प्रहरीले गत भदौ २५ गते बिहान कमलाको शव ललितपुरको सुनाकोठीमा भेटेको थियो । घाँटी कसेर हत्या भएको देखिएपछि महानगरीय प्रहरी महाशाखा र प्रहरी बिट चापागाउँले घटनाको अनुसन्धान थालेको थियो ।

    प्रहरीका अनुसार भदौ २५ गते राति तामाङको हात बाँधेर घाँटीमा डोरीले कसेर हत्या गरेको र हत्यापछि डोरी, कानमा लगाएको गहना र मोबाइलसमेत लुटेर उनीहरू फरार भएका थिए ।

    निरन्तरको अनुसन्धान पछि अपराध महाशाखाले असोज २१ मा सुमनलाई पक्राउ गरेको थियो । सुमनकाे बयानका आधारमा २२ गते सविन र प्रविनालाई पनि पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend