logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    यसरी बनेको थियो- ‘दसैँ आयो’ गीत

    यसरी बनेको थियो- ‘दसैँ आयो’ गीत

    5.1K
    Shares

    काठमाडाैं । दसैँ आउनै लाग्दा बज्नेमध्येको एक गीत हो ‘दसैँ आयो’ । शेखर कोइराला निर्मित नेपाली फिल्म ‘मुग्लान’ मा समावेश गीतको लोकप्रियता यो पुस्तामा पनि बढ्दो छ । दसैँ आइसकेपछि यो गीत नसुन्ने र ननाच्ने कमै होलान् । १८ वर्ष अगाडि तयार भएको यो गीतले क्यासेट हुँदै डिजिटल पुस्तासम्मलाई आफ्नो स्राेता तथा दर्शक बनाइसकेको छ । गीतमा सुरेश अधिकारीको संगीत, लोकनाथ सापकोटाको शब्द र अमुल कार्कीको एरेन्ज  छ । 

    गीतको अडियो जति कर्णप्रिय छ, भिडियो उत्तिकै आकर्षक पनि छ । गीतको अडियोले दसैँको आभास दिलाउँछ भने भिडियोले दसैँको रमझम देखाउँछ । यो गीत तयार गर्दा कथाअनुसार गर्नुपर्ने भएकोले संगीतकार अधिकारीलाई सहज थिएन । ‘निर्देशक शिव रेग्मीले चरी र रि भन्ने शब्द ल्याउनु भएको थियो , त्यसमा मैले रहैरहै थपेँ र त्यसलाई गीतको आकार दियौँ’, अधिकारीले भने । 

    यो गीतको ऐरेन्ज नेपालमा गरिएको थियो भने रेकर्ड मुम्बईको शान स्टुडियोमा भएको थियो । गीत रेकर्ड गराएपछि मुम्बईमा गायक उदितनारायण झा र गायिका दिपानारायण झाले यो गीतकाे प्रशंसा गरेका थिए । ‘सुरेशजी गीत त धेरै गाइयो तर हामीलाई आउँदो पुस्तासम्म पुर्‍याउनेमध्येको एक गीत यो हुनेछ’ उदीतले दिएको प्रतिक्रिया अहिले सिद्ध भएको संगीतकार अधिकारी बताउछन् । 

    उनी पुग्ने प्राय: ठाउँमा दसैँ अगाडि र पछाडि केही समय यो गीत सुन्ने गरेका छन् । ‘गीतले मलाई जीवन्त राख्नेमा दुइमत छैन’ अधिकारी भन्छन् ,’गीतको शब्द, संगीत, स्वरसँगै तयार भएको भिडियोले यसलाई प्रिय बनाउएको छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend