काठमाडाैं । साेमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १०० रुपैयाँ घटेकाे छ । सुन प्रतिताेला १०० रुपैयाँ घटेर ९० हजार ६०० मा काराेबार भइरहेकाे छ । छापावाल सुन आइतबार प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गरेकाे छ । महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार सोमबार तेजाबी सुन प्रतितोला ९० हजार १५० रुपैयाँमा कारोबार भइरहेकाे छ । यस्ताे सुन आइतबार प्रतितोला ९० हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार सोमबार चाँदीको मूल्य आइतबारको तुलनामा ५ रुपैयाँले बढेको छ । चाँदी आइतबार प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो भने सोमबार प्रतितोला १ हजार १८० रुपैयाँमा कारोबार भइरहेकाे छ ।