logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • अपेक्षा गिरीको नयाँ गीत ‘निष्ठुरी परदेशी’ को भिडियो सार्वजनिक

    अपेक्षा गिरीको नयाँ गीत ‘निष्ठुरी परदेशी’ को भिडियो सार्वजनिक

    7.2K
    Shares

    काठमाडाैं । गायिका अपेक्षा गिरीको नयाँ गीत ‘निष्ठुरी परदेशी’ को भिडियो सार्वजनिक गरिएको छ । अर्जुन पोखरेलको संगीत रहेको ‘निष्ठुरी परदेशी’को शब्द गायिका अपेक्षा गिरीले नै लेखेकी हुन्  । गीतमा एरेन्ज पुरुशितम सुवेदीको रहेको छ ।

    निकै मार्मिक गीत ‘निष्ठुरी प्रदेशी’ को भिडियोमा चिरन्जिबी सापकोटा (जीबि चिरन) र गरिमा शर्माकाे अभिनय रहेको छ । भारतीय सेनामा गएका आफ्नो श्रीमानको घर आउने बाटो हेरेर बसेकी श्रीमतीको कथामा निकै उत्कृष्ट भिडियो निर्माण गरिएको छ । घर आउने श्रीमानको बाटो हेरेर बसेकी श्रीमतीले श्रीमानको लास आउँदाको पीडा भिडियोमार्फत प्रस्तुत गरिएको छ ।

    गीतको भिडियोलाई  सिर्जन बराल (ऋषि) निर्देशन गरेका हुन् । अपेक्षा गिरीको ‘अफिसियल यूट्यूव’बाट सार्वजनिक गीतको भिडियोमा शिवसरण न्यौपानेको छायांकन र अमृत चापागाईंको सम्पादन रहेको छ ।

    मोफसलमा बसेर गीत संगीतमा राम्रै चर्चा कमाउन सफल गायिका अपेक्षा गिरीको यस अघि सुनिल गिरिसँग ‘सोल्टिनी’ र टंक तिमिल्सिनासँग ‘माया नमार्नु नि है’ जस्ता सफल गीत आइसकेकाे छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend