logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • एमालेकाे आपत्ती : नागरिककाे हत्या गरेर सरकारले दसैँमा दशा निम्त्यायाे

    एमालेकाे आपत्ती : नागरिककाे हत्या गरेर सरकारले दसैँमा दशा निम्त्यायाे

    4.1K
    Shares

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का प्रमुख सचेतक खिमलाल भट्टराईले नागरिकको हत्या गरेर सरकारले दसैँका बेला सुकुम्बासीका लागि दशा तिम्त्याएको आरोप लगाएका छन् ।

    साेमबारकाे राष्ट्रियसभा बैठकमा उनले रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा प्रहरीले नागरिकमाथि गाेली चलाएकाेमा आपत्ती जनाएका हुन् । भट्टराईले भने, ‘अरुका लागि दसैँ आएको छ तर सुकुम्बासीका लागि दशा बनेर आयो । म घटनाको सम्पूर्णरूपमा भर्त्सना गर्छु ।’

    घटनाको छानविनमा सरकारले तत्परता नदेखाएको भन्दै उनले घाइतेको उपचार र मृतकलाई क्षतिपूर्ति दिन मागसमेत गरे । उनले भने, ‘गृहमन्त्रीको नैतिकतामाथि प्रश्न उठ्यो । उहाँ आफ्नै जिल्लामा शान्ति कायम गर्न सक्षम हुनहुन्न भने देशभर के गर्नुहोला ?’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend