logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    प्रतिनिधि सभामा एमालेकाे अवराेध कायमै 

    प्रतिनिधि सभामा एमालेकाे अवराेध कायमै 

    4.5K
    Shares

    काठमाडाैं । नेकपा एमालेले साेमबार पनि प्रतिनिधि सभामा अवराेध कायमै राखेकाे छ ।

    साेमबारकाे‍ प्रतिनिधि सभा बैठक सुरु हुनासाथ एमाले सांसद्ले बेल अगाडि उभिएर नारा लगाइरहेका छन् । सभामुखकाे भूमिकाप्रति प्रश्न उठाउँदै एमालले भदाै २३ गतेदेखि लगातार सदन अवरुद्ध गर्दै आएकाे छ ।

    एमालेले सदनन अवराेध गर्दै आइरहेकाे भए पनि सरकारले अवराेधका बीच नै विभिन्न विधेयक पास गर्दै आइरहेकाे छ । साेमबारकाे बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।

    यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको छ ।

    एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुख सापकोटाले एमाले विभाजनमा सहयोगी भूमिका खेलेको आरोप लगाउँदै संसदमा विरोध जनाउँदै आएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend