logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • मोतीपुर गाेलीकाण्ड : गम्भीर घाइते चार प्रहरीलाई काठमाडौं लगियो

    मोतीपुर गाेलीकाण्ड : गम्भीर घाइते चार प्रहरीलाई काठमाडौं लगियो

    2.8K
    Shares

    बुटवल । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा परी गम्भीर घाइते भएका चार प्रहरीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

    औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गरी बसेकाहरूसँगको दोहोरो झडपमा परी सशस्त्र, जनपद प्रहरी र सर्वसाधारणसहित ७४ जना घाइते भएका थिए ।

    झडपमा परी गम्भीर घाइते भएका नेपाल प्रहरीका दुई र सशस्त्रका प्रहरीका दुई गरी चारजनालाई थप उपचारका लागि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए । 

    इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत २८ वर्षका प्रहरी जवान जयप्रकाश थारु र दंगा प्रहरी नियन्त्रण सुनवलमा कार्यरत प्रहरी जवान यज्ञराज पुन मगरलाई उपचारका लागि काठमाडौं पठाइएको हो । 

    सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत ३६ वर्षीय हवल्दार तिलकबहादुर धामी र ३६ वर्षका जवान खुसीराम चौधरीलाई काठमाडौं पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend