logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • गोरखा दरबारबाट पठाइयो हनुमानढोकाको दसैंघरमा भित्राउन फूलपाती

    गोरखा दरबारबाट पठाइयो हनुमानढोकाको दसैंघरमा भित्राउन फूलपाती

    3.4K
    Shares

    गोरखा — काठमाडौंस्थित हनुमानढोका भित्राउने फूलपाती गोरखादरबारको दसैंघरबाट पठाइएको छ । गोरखा दरबारबाट लगिएको फूलपाती हनुमानढोकामा भित्राएपछि दसैं भित्रिएको भन्ने प्रचलन छ ।

    हनमानढोका पठाउन तथा गोरखा दरबारको दसैंघरमा फूलपाती भित्राउन मंगलबार बिहानै गोरखा दरबारका सुसारेहरुले अमराइ, ठूलो वन लगायतका जंगलबाट नौ प्रकारका फूलपाती संकलन गरेका थिए । बा २ झ २१२९ नम्बरको गाडीमार्फत हनुमाढोकामा भित्राउन फूलपाती पठाइएको हो ।

    वर्षौदेखिको परम्परालाई निरन्तरता दिँदै फूलपाती काठमाडौं पठाइएको गोरखा दरबारका पुजारी शारदाप्रसाद भट्टराइले बताए । ‘हिजो बेल निमन्त्रण गर्‍यौँ, आज बिहान सुसारेहरुले बिहानै पस्लाङको जंगलबाट फूलपाती संकलन गर्नुभयो,’ उनले भने,‘वर्षौदेखिको परम्परा अनुसार हनुमानढोकाका लागि फूलपाती पठायौं ।’ धिमेबाजा, फूलपातीको डोलीसहितको टोली हर्षोल्लासका साथ फूलपाती काठमाडौं पठाइएको छ ।

    सडकसञ्जाल नखुल्दासम्म गोरखाबाट धादिङको केबुलपुर–जीवनपुरको पैदलमार्ग हुँदै फूलपाती हनुमानढोका लाने प्रचलन थियो । पहिले एकीकरण पदमार्गबाट काठमाडौं पुर्‍याइने फूलपाती सडकसञ्जाल विस्तार भएसँगै गाडीमार्फत पठाउने गरिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुषालले बताए । पृथ्वीनारायण शाहले नुवाकोट हुँदै राजधानी हनुमानढोका सारेपछि गोरखाको फूलपाती हनुमानढोका पठाउने प्रचलन सुरु भएको मानिन्छ । ‘दुई सय ६६ वर्ष अघिदेखि यो प्रचलन सुरु भएको अनुमान छ,’ भुषालले भने । कान्तिपुर 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend