मुगुमा बस दुर्घटना हुँदा २४ जनाको ज्यान गएको छ । १४ जना घाइते भएका छन् ।
नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढीका लागि छुटेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो मुगुको छायाँनाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकालाई नेपाली सेनाको हेलिकोप्टर, नेपाल प्रहरी, सशस्त्र प्रहरीले उद्दार गरिरहेको छ ।