logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • महाष्टमीमा शक्तिपीठमा भक्तजनको भीड

    महाष्टमीमा शक्तिपीठमा भक्तजनको भीड

    5K
    Shares

    काठमाडौँ । नेपालीहरुको महान चाड विजया दशमी (बडा दसैँ) को आठौं दिन बुधबार महाअष्टमी पर्व भगवती दुर्गाको पूजा आराधना गरी देशभर मनाइएको छ ।

    बुधवार देशभरका शक्तिपीठहरुमा महाष्टमीको अवसरमा देवीको पूजा अर्चना गर्नेहरुको भीड लागेको हो । 

    काठमाडौंको भद्रकालीमा पनि भक्तजनहरुको भीड लागेको छ । काठमाडौंका नक्शाल भगवती, गुह्वेश्वरी, मैतीदेवी, कालिकास्थान, महांकाल, शंकटा, नरदेवी, इन्द्रायणी र शोभाभगवतीमा देवीको पूजा आराधनाका लागि भक्तजनहरुको भीड छ । 

    महाष्टमीमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्ने शास्त्रोक्त कथन छ । आजको दिन देशभरका विभिन्न शक्तिपीठहरुमा पशुबली दिएर महाष्टमी पर्व मनाउने गरिन्छ । 

    कलपूर्जा, हातहतियार र गाडीहरुलाई आज भगवतीको अस्त्रको रुपमा पूजा गर्ने चलन छ । पशुबली नदिनेहरुले आज आफ्नो पूजाकोठामा कुभिन्डो, नरिवल, घिरौँला, लौका लगायतको बली दिने गर्दछन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend