logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • शेयर बजारमा उच्च अंकको गिरावट

    शेयर बजारमा उच्च अंकको गिरावट

    3K
    Shares

    काठमाडौं । मंगलबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूच्क ७७ दशमलव ३३ अंकले घटेर २ हजार ५ सय १० दशमलव ७३ अंकमा झरेको छ ।

    मंगलबार कारोबार खुला हुनेबित्तिकै घट्ने क्रम सुरु भएकाे थियाे । मंगलबार २२१ कम्पनीको सेयर कारोबारबाट करिब ३ अर्ब ७८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    आइतबार र सोमबारको तुलनामा कारोबारको रकममा भने वृद्धि देखिएको छ । 

    यसैगरि ‘क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक १३.२८ अंकले घट्दै करिब ४७२ अंकको बिन्दुमा कारोबार बन्द भएको छ ।

    सबै समूहगत परिसुचकहरु घटेका छन् । जलविद्युत कम्पनीका सेयरहरु उच्च अंकले घटेका छन् भने केहि लघुवित्त वित्तीय संस्थाहरुको सेयर करिब ५ प्रतिशत भन्दा कमले बढेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend