logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    आर्यन खानलाई झड्का : पाएनन् धरौटीमा रिहाको अवसर, जेलमै बसिरहने

    आर्यन खानलाई झड्का : पाएनन् धरौटीमा रिहाको अवसर, जेलमै बसिरहने

    2.3K
    Shares

    एजेन्सी । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले धरौटीमा रिहा हुनका लागि दिएको निवेदनलाई अदालतले बुधवार खारेज गरेको छ । 

    लागूपदार्थ सम्बन्धी मुद्दामा फैसला सुनाउँदै अदालतले धरौटीमा रिहा गर्ने निवेदन खारेज गरेको हो । नार्कोटिक्स कन्ट्रोल ब्युरो र आर्यन खान दुवै पक्षका वकिलहरूको बहस सुनेपछि सेसन्स कोर्टले फैसला लिएको हो । 

    आर्यन खान अहिले मुम्बई आर्थर रोड जेलमा बन्द छन् । 

    आर्यन खानका वकिललले अब उच्च अदालतको ढोका ढक्ढकाउने बताएका छन् । मुम्बईको विशेष अदालतमा जमानत याचिका खारेज भएपछि अब उनी आर्यन खानको जमानतका लागि उच्च अदालतमा निवेदन पेश गर्ने तयारीमा लागेका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend