logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • करिब ६१ अंकले बढ्याे नेप्से

    करिब ६१ अंकले बढ्याे नेप्से

    3.5K
    Shares

    काठमाडाैं । बुधबार नेप्से परिसूचक ६०.५६ अंक बढेर बन्द भएको छ । मंगलबार २५१०.७३ बिन्दुमा बन्द भएको नेप्से, बुधबार ६०.५६ अंक बढेर २५७१.६६ विन्दुमा पुगेको हाे ।

    नेप्से बढे पनि बुधबार कारोबार रकम भने घटेको छ । मंगलबार साढे ३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा बुधबार २१७ कम्पनीको ३४ हजार ६४४ पटकको कारोबारमा २ अर्ब ६७ करोड ९० लाख रुपैयाँ बराबरको ६१ लाख १ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

    बुधबार कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.८१ प्रतिशत बढेको छ । त्यसैगरी, यस दिन जलविद्युत उपसमूहको परिसूचक ४.३१ प्रतिशत बढेको छ भने व्यापार, होटल तथा पर्यटन, विकास बैंक र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ । 

    बुधबार मैलुङ्ग खोला जलविद्युत कम्पनी, आँखुखोला जलविद्युत कम्पनी र यूनिभर्सल पावर कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको छ । त्यसैगरी, सिईडिबी हाइड्रोपावर, नेशनल हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, मेरो माइक्रोफाइनान्स र अरुण भ्यालीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । 

    दसैँ लगत्तै बैंकहरुले ब्याजदर बढाएको सूचना सार्वजनिक गरेसँगै नेप्सेमा उच्च गिरावट देखिएको थियो । तर, मंगलबार केन्द्रीय बैंकले ब्याजदर वृद्धिमा नियन्त्रण गर्न निर्देशिका जारी गरेको थियो । त्यस अनुसार बैंकहरुले ब्याजदर संशोधन गर्नु पर्नेछ । जसका कारण बैंकहरुको ब्याजदर घट्नेछ । यही कारण बुधबार नेप्से बढेकाे अनुमान गरिएकाे छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend