logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • आर्यन खानको सुनुवाइ २६ अक्टोबरमा हुने

    आर्यन खानको सुनुवाइ २६ अक्टोबरमा हुने

    2.7K
    Shares

    काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको सुनुवाइ बम्बे हाई कोर्टमा आउँदो २६ अक्टोबरमा हुने भएको छ ।

    गत २ अक्टोबरमा क्रुज सिपमा आठजना साथीसहित पक्राउ परेका आर्यन मुम्बईस्थित अर्थर रोडमा रहेको मुम्बई सेन्ट्रल जेलमा छन् । आर्यनले ड्रग्स सेवन नगरेको र उनीसँग नपाइएको भए पनि उनको साथीबाट भेटिएकाले एकै मुद्दा बनाएर नार्कोटिक्स कन्ट्रोल ब्यूरोले कारबाही गरिरहेको छ ।

    आर्यनको जमानत अपिल दुईपटक खारेज भइसकेको छ । त्यसकारण उनका वकिल सतिश मानेसिन्डेले हाई कोर्टमा जमानतका लागि अपिल गरेका छन् ।

    आर्यनको सुनुवाइ २६ अक्टोबरमा हुने भएपछि शाहरुख जेलमै भेट्न पुगेका थिए । कोरोना भाइरसका कारण बाहिरी मान्छेलाई जेलमा प्रतिबन्ध भए पनि परिवार भने जान पाउनेछन् । पछिल्लो समय आर्यन ड्रग्स केसमा मुछिएपछि शाहरुखले आफ्नो जन्मोत्सव नमनाउने भएका छन् ।

    उनको म्यानेजर पूजाको भनाइअनुसार शाहरुखले फ्यानलाई आफ्नो घर मन्नत अगाडि नउभिनसमेत आग्रह गर्नेछन् । साथै, हरेक वर्ष हुँदै आइरहेको दीपावलीको सेलिब्रेसन पनि यस वर्ष मन्नतमा नहुने भएको छ । शाहरुखले छोरा आर्यनलाई जमानत दिलाउन हरप्रयास गरिरहेका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend