logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • आचार्यको विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र मतदान हुने 

    आचार्यको विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र मतदान हुने 

    2.8K
    Shares

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र मतदान हुने भएको छ ।

    शुक्रबार प्रदेश १ को प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र मतदान गर्ने सहमति भएको हो ।

    शुक्रबारका लागि आह्वान भएको प्रदेश १ को प्रदेशसभा बैठकमा विश्वासको मत टेबल हुनैपर्ने संवैधानिक बाध्यता छ । त्यही कारण शुक्रबारकाे सदनमा प्रस्ताव पेश ग रेपनि मतदान आइतबारमात्र गर्न लागिएकाे हाे । 

    शुक्रबारको बैठकमा भने मुख्यमन्त्री राईले प्रदेशसभासमक्ष विश्वासको मत माग्नेछन् । त्यसपछि मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा दलीय प्रतिनिधित्वको आधारमा नेताहरुले धारणा राख्ने बताइएकाे छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend