logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • विकास मेराग्लियाले विदेशी कोटामा च्यासलबाट ए डिभिजन लिग खेल्ने

    विकास मेराग्लियाले विदेशी कोटामा च्यासलबाट ए डिभिजन लिग खेल्ने

    2.5K
    Shares

    काठमाडौं । इटाली सिरी ए क्लब एटलान्टाको उमेर समूहबाट खेलिसकेका विकास मेराग्लिया आगामी ए डिभिजन लिगमा ललितपुरको च्यासल युथ क्लबबाट खेल्ने भएका छन् ।

    शुक्रबार च्यासलले आफ्नो ग्राउन्डमा एक कार्यक्रम गर्दै विकासलाई अनुबन्धन गरेको हो । उनले च्यासलमा १० नम्बरको जर्सी लगाउने छन् । एटलान्टाको युवा टोलीबाट नियमित खेलिरहेका विकास २९ कात्तिकबाट सुरु हुने ए डिभिजन लिग खेल्न मंगलबार राति नेपाल आइपुगेका हुन् । 

    इटाली सिरि ए क्लब एटलान्टा नेपालमा जन्मेर इटाली पुगेका विकास स्थानीय क्लबहरू हुँदै एटालान्टाबाट खेलेका हुन् । विकासले इटालीको यू–१७ टोलीबाट समेत खेलिसकेका छन् । मंगलबार राति नेपाल झरेपछि विकासले आफू १३ वर्षपछि नेपाल फर्किएको र त्यसका लागि सम्पूर्ण शुभेच्छुकलाई धन्यवाद दिएका थिए ।

    ‘म १३ वर्षपछि नेपाल फर्किएको छु’, विकासले सामाजिक सञ्जालमा लेखेका छन् । विकासले आफू नेपाल आए पनि ए डिभिजन लिग खेल्ने र नखेल्ने जनाएका छैनन् । स्रोतका अनुसार उनले आगामी ए डिभिजन लिग खेल्नेछन् । त्यसबारे उनले चाँडै पत्रकार सम्मेलन गरेर सर्वाजनिक गर्ने भएका छन् ।  

    विकासले ललितपुरको च्यासल युथ क्लबबाट खेल्ने निकट स्रोतले जनाएको छ । इटालीमा रहेर व्यावसायिक फुटबल खेलिरहेका विकाशले इटालीको यू–१७ टोलीबाट खेलिसकेका छन् । १८ वर्षीय विकास विशेष लेफ्ट विंगर हुन् । यद्यपि, उनी राइट विंगर र सेन्टर स्ट्राइकरसमेत खेल्न सक्छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend