logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • मैत्रीपूर्ण खेलमा नेपाल इण्डोसियासँग २-० ले पराजित

    मैत्रीपूर्ण खेलमा नेपाल इण्डोसियासँग २-० ले पराजित

    3K
    Shares

    काठमाडौं । एएफसी यू-२३ एसियन कप छनोट प्रतियोगिताअघि तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण खेलमा नेपाल इन्डोनेसियासँग पराजित भएको छ । 

    ताजकिस्तानमा भएको मैत्रीपूर्ण खेलमा नेपालको यू-२३ टोली इण्डोनेसियाको यू-२३ टोलीसँग २-० गोल अन्तरले पराजित भएको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त हुँदा दोस्रो हाफमा इन्डोनेसियाले २ गोल गरेको थियो । 

    इन्डोनेसियाविरुद्ध नेपाली टोलीको कप्तानी अर्पण कार्कीले गरेका थिए ।

    नेपालले एएफसी एसियन कप छनोटमा समूह ‘बी’मा रहेका बलिया टोली इरान, लेबनान र ताजकिस्तानको सामना गर्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend