logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि भारत तयार: मोदी

    महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि भारत तयार: मोदी

    2.1K
    Shares

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि दृढ रहेको बताएका छन् ।

    भारतले एक सय करोड नागरिकलाई खोप लगाएको अवसरमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सञ्जालमार्फत दिएको बधाईको प्रतिउत्तरमा मोदीले महामारीविरुद्ध संयुक्त रूपमा लड्न नेपालसँग सहकार्य गर्न दृढ रहेको बताएका हुन् । उनले भनेका छन्, ‘कामना छ हाम्रो चिरस्थायी सभ्यतागत सम्बन्ध बलियो हुँदै जानेछ ।’

    प्रधानमन्त्री देउवाले शुक्रबार भारतीय समकक्षी मोदीलाई बधाई दिँदै खोप उपलब्धीले छिमेकी र मित्र राष्ट्रलाई पनि सुरक्षा सुनिश्चितता गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका थिए ।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend