logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • मदन कुँवर बने रुपन्देही जिल्लाकै सर्वोत्कृष्ट प्रहरी, अन्य दुई पनि सम्मानित

    मदन कुँवर बने रुपन्देही जिल्लाकै सर्वोत्कृष्ट प्रहरी, अन्य दुई पनि सम्मानित

    4.2K
    Shares

    रुपन्देही । इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन कुँवर जिल्लाकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । उनी असाेज महिनाकाे उत्कृष्ट प्रहरी घाेषित भएका हुन् । 

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीले डीएसपी कुँवरसहित तीन जना प्रहरी इन्चार्जलाई ‘हाइ इन्टिग्रेटी इन्चार्ज अफ द मन्थ’ अवार्ड र अभिलेखमा जनिने गरि नगद पुरस्कार समेत प्रदान गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोजकुमार केसीले नगद पुरस्कारसहित सम्मान गरेका हुन् ।

    पुरस्कार प्राप्त गर्ने अन्य प्रहरी अधिकारीमा सीमा प्रहरी चौकी कदमहवा रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक भविलाल डिसुवा मगर र नगर प्रहरी कार्यालय बुटवल, रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक विमला विक रहेका छन् ।

    डीएसपी कुँवरसहित तीनै जनाले आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका आधारमा उच्च इन्टेग्रिटी स्कोर प्राप्त गरेको कारण पुरस्कृत गरिएको एसपी केसीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लामा कार्यरत प्रहरीहरुमध्ये उत्कृष्ट काम गर्ने प्रहरीलाई हरेक महिना पुरस्कृत गर्दै आइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend