logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • ‘अर्ली इलेक्सन’ सम्भव छैन : पौडेल

    ‘अर्ली इलेक्सन’ सम्भव छैन : पौडेल

    3.8K
    Shares

    धनगढी। नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले बहसमा आएको जस्तो ‘अर्ली इलेक्सन’ सम्भव नभएको बताएका छन् । 

    ‘अर्ली इलेक्सनका बारेमा अहिले जे कुरा आइरहेको छ, त्यसरी अर्ली इलेक्सन सम्भव छैन, त्यसबारे कुनै छलफल भएको छैन,’ बाढीपहिरो पीडितको अवस्थाबारे बुझ्न शनिबार धनगढी पुगेका पौडेलले सञ्चारकर्मीहरुसँग भने, ‘हामीले २–२ पटक संसद्को पुनःस्थापनाका लागि लड्यौँ, संसद् पुनःस्थापना अर्ली इलेक्सनका लागि भएको होइन । संसद् पूरा कार्यकाल चल्नुपर्छ ।’

    पौडेलले पार्टीको महाधिवेशन आगामी मंसिरमा तोकिएकै मितिमा हुने बताए । ‘पार्टीको क्रियाशील सदस्यता वितरणमै धाँधली भएको छ । छानबिन समितिले बुझाएकोमा पनि संस्थापन पक्षले तलमाथि गरेको छ, त्यो जघन्य अपराध नै हो । हामी पार्टीभित्रको डेमोक्रेसी बचाउन संघर्ष गरिरहेका छौँ,’ पौडेलले भने, ‘पार्टी अधिवेशनको निर्वाचन प्रक्रिया स्वच्छ र पारदर्शी हुनुपर्छ । नेपाली कांग्रेसको केन्र्दीय महाधिवेशन मंसिरमै हुन्छ, गर्नुपर्छ । छिटो प्रक्रियाबाट पार्टीको महाधिवेशन सम्पन्न गरेर भएपनि पार्टीको वैधानिक प्रक्रियालाई तोड्नु हुँदैन ।’

    सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा दोहो¥याएर अधिवेशन हुनुपर्ने पनि उनले बताए । ‘डडेलधुरामा पार्टीका जिल्ला नेताहरु नै निर्वाचन प्रक्रियाबाट बाहिर छन् । उनीहरुलाई बाहिर राखेर जिल्ला अधिवेशन हुन सक्दैन,’ उनले भने, ‘त्यहाँ दोहो¥याएर चुनाव हुनुपर्छ ।’

    उनले सरकारले बाढीपहिरो र डुबानका पीडितहरुलाई प्याकेजमा राहत उपलब्ध गराउनुपर्ने बताए । ‘म बाढीपीडित साथीहरुको अवस्था बुझ्नका लागि आएको हुँ । बेमौसमको वर्षाले जनतालाई धेरै दुःख दिएको छ । सरकारले पीडितहरुलाई प्याकेजमा राहतमा उपलब्ध गराउनुपर्छ,’ उनले भने ।

    कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुलाई लिएर शनिबार बिहानै धनगढी पुगेका पौडेलले कञ्चनपुर र कैलालीमा बाढीले पु¥याएको क्षतिको अवलोकन गर्ने र स्थानीय नेता कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको बताईएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend