logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    प्रचारप्रसारलाई किन मन पराउँदैनन् दयाहाङ राई ?

    प्रचारप्रसारलाई किन मन पराउँदैनन् दयाहाङ राई ?

    3.4K
    Shares

    काठमाडौं ।अभिनेता दयाहाङ राई अभिनयकै कारण चर्चामा आउने गर्छन् । उनले निर्वाह गरेको लुटको गोफ्लेदेखि कबड्डीको काजीसम्मको भूमिका दर्शकमाझ लोकप्रिय छ । फिल्म लुटबाट आफ्नो परिचिय स्थापित गरेका दयालाई कबड्डीले अर्को उपनाम ’काजी’ दिन सफल भएको थियो । 

    दयाको फ्यान फ्लोअर्स पनि यिनै फिल्म बढाएकोमा कसैको दुईमत नहोला । थियटर हुँदै फिल्ममा आएका दया अभिनयमा पोख्त अभिनेतामध्येका एक हुन् । तर, उनी प्रचारप्रसारमा त्यति धेरै देखिँदैनन् । साथै, उनलाई प्रचारप्रसारमा समय नदिने कलाकार भनेर केही निर्माताले आरोप पनि नलगाएका होइनन् । 

    आखिर किन दया प्रचारप्रसारमा टाढिन्छन् त ? दया भन्छन्, ‘आफ्नो कामको आफैँले बयान गर्ने कुरा मलाई निकै गाह्रो लाग्छ ।’ उनी थप्छन्, ‘कामको प्रतिक्रिया लिएर बहस गर्न सकिन्छ । तर, आफ्नो कामको एकोहोरो बखान गर्नु राम्रो होइन ।’ 

    उनले आफूले गरेको भूमिकालाई दर्शकले मुल्यांकन गर्नुपर्ने बताए । ‘हामीले दर्शकको महत्वकांक्षा बढाउने गरि प्रचारप्रसार गर्नु हुँदैन’, दया भन्छन्, ‘त्यसैले म एकोहोरो प्रचारप्रसारमा धेरै सक्रिय छैन ।’

    तर, उनी दर्शकसमक्ष भने पुग्नेमा दुईमत राख्दैनन् । ‘दर्शकसँग पुग्दा कन्टेन होस् र त्यसमा तर्कवितर्क गर्न पाइयोस्’, दया भन्छन्, ‘अब दर्शकलाई कन्टेन चाहिएको छ न कि बखान ।’ कलाकारले काममै विश्वास राख्नुपर्छ भन्ने सोच्ने दया निकट भविष्यमै फिल्म निर्देशन गर्ने सोचमा छन् । 

    नाटक निर्देशन गरिसकेका दयाले फिल्म कहिले निर्देशन गर्छन् ? यो भने पर्खाइकै विषय छ । यसका साथै उनी ‘कबड्डी ४’ को छायांकनको तयारीमा छन् । उनलाई ’काजी’ उपनाम दिएको कबड्डीको चौथो भागलाई ‘फाइनल म्याच’ भनिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend