logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    सुर्खेतको कट्कुवा सामुदायिक वनमा बम विस्फाेट, दुई जना घाइते

    सुर्खेतको कट्कुवा सामुदायिक वनमा बम विस्फाेट, दुई जना घाइते

    4.4K
    Shares

    सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा बम विस्पोट भएको छ । विस्फोटमा परी दुई जना घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका–७, स्थित कट्कुवा सामुदायिक वनमा शनिबार बिहान पौने ११ बजे बम विस्फोट भएको हो ।

    विस्फोटमा परी घाँस काट्न गएका दैलेखको गुराँस गाउँपालिका–६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
     
    ‘समुदायिक वन खुलेको रैछ, आज बिहान पौने १० : ४५ बजे एक्कासी बेवारिसे बम बिस्पोट भएछ । बम कस्ले राख्यो, कसरी बिस्पोट भयो भन्ने बारे अनुसन्धान भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवंम् डीएसपी रामप्रसाद घर्तीले भने । उनका अनुसार घाइतेहरुको स्थानीय देउती अस्पताल सुर्खेतमा उपचार भैरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend