logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • प्रधानन्यायाधीशको रानीनामाबारे छलफल भएको छैन : बार

    प्रधानन्यायाधीशको रानीनामाबारे छलफल भएको छैन : बार

    2K
    Shares

    काठमाडौं । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको विषयमा कुनै छलफल नभएको स्पष्ट पारेको छ । 

    नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने वा नमाग्ने भन्ने विषयमा कुनै छलफल नभएको प्रष्ट पारेका हुन् । शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले पूर्व न्यायाधिश फोरमले प्रधानन्यायाधीश जबराको राजीनामा मागेको बक्तव्यबारे पनि आफूहरुलाई औपचारिक जानकारी नआएको बताए । 

    अध्यक्ष श्रेष्ठले पूर्व न्यायाधिश फोरमले मागेको राजीनामाबारे प्रधानन्यायाधीश आफैले सोच्नुपर्ने प्रतिक्रिया समेत दिएका छन् । उनले भने, ‘उहाँहरुको हिजोका अनुभवको आधारमा समेत उहाँहरुले आफ्नो विचारहरु दिनु भएको छ । त्यो विचार अनुसार त्यसको अवलम्वन गर्ने वा नगर्ने भन्ने कुरा जसप्रति इंगित गरेर त्यो वक्तव्य आएको छ, उहाँले सोच्नुपर्ने हो । पूर्व न्यायाधिशहरुको फोरमले निकालेको वक्तव्य नेपाल बारमा आईसकेको छैन । हामी फरमल्ली त्यो अध्ययन गर्छौं । र त्यसको सम्बन्धमा बारको कुनै धारणा बनिसकेको छैन । राजीनामा माग्ने वा नमाग्ने भन्ने विषयमा हामी प्रवेश गरिसकेका छैनौं ।’

    अध्यक्ष श्रेष्ठले भागबण्डाको आधारमा न्यायाधिश नियुक्त गर्ने काम गरिएकाले त्यसको दुष्परिणाम न्यायालय आफैले भोग्नुपर्ने अवस्था आएको तर्क गरे । उनले न्यायालयको सुद्धीकरणका लागि आफूहरुले विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै आएपनि सुनुवाई हुन नसकेको गुनासो पनि गरे । अध्यक्ष श्रेष्ठले न्यायालयमा विचौलिया प्रवेशमा रोक लगाउन आफूहरुले सुझाव दिँदै आएको पनि स्मरण गराएका थिए । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend