logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • जनकपुर घटनाप्रति कांग्रेसको निन्दा

    जनकपुर घटनाप्रति कांग्रेसको निन्दा

    2.2K
    Shares

    काठमाडौं । खानेपानी आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि भएको दुर्व्यवहारको घटनाप्रति सत्तारुढ दल नेपाली कांग्रेसले निन्दा गरेको छ ।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार एक विज्ञप्ति जारी गर्दै कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्ने सरकारले अघि बढाएको प्रक्रियालाई स्वागत गरेका छन् ।

    उनले घटना आपत्तिजनक भएको भन्दै निन्दासमेत व्यक्त गरेका छन् । ‘राजनीतिमा, प्रशासनमा र समग्र समाजमा रहेका बेथिति विरुद्ध प्रश्न उठाउनु र स्वच्छ समाजको खोजी गर्नु हामी सबैको कर्तव्य हो । तर कानुन हातमा लिने, बलजफ्ती र हुल हुज्जत गर्ने कार्य सभ्य समाजको परिचायक हुन सक्दैन,’ शर्माले भनेका छन्, ‘शान्तिपूर्ण राजनीतिमा सहभागी हुने उद्घोष गरेका हरेक दल र संस्थाले आफ्ना समर्थक र सदस्यलाई तदनुकूलको संस्कार र व्यवहारमा रुपान्तरण गर्नु सम्बन्धित दल नेतृत्वको कर्तव्य हुने स्मरण पनि हामी गराउँदछौं ।’

    शर्माले जनकपुर घटनाले नेपाली इन्जिनियरहरु, कर्मचारीहरु र सभ्य समाजमा विश्वास गर्ने सबैलाई मर्माहत बनाएको बताएका छन् । ‘सहकर्मी उपर गम्भीर दुर्व्यवहार हुँदा इन्जिनियरहरु आक्रोशित र आन्दोलित हुनु स्वाभाविक छ । तर, हुलहुज्जतको बाटोबाट समुन्नत समाजमा पुग्न सकिन्नँ,’ शर्माले विज्ञप्तीमा भनेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend