logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • कुकुरको टोकाईबाट एकैदिन १५ जना घाइते

    कुकुरको टोकाईबाट एकैदिन १५ जना घाइते

    2.8K
    Shares

    खोटाङ । खोटाङमा एकै दिन १५ जनालाई बेवारिसे कुकुरले टोकेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारमा शनिबार १५ जनालाई बेवारिसे कुकुरले टोकेको हो ।

    कुकुरको टोकाईबाट घाइते भएकामध्ये दुई जनालाई शुक्रराज सरुवा रोग अस्पताल टेकु रेफर गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा। बैभव मल्लिकले बताए । अन्य १३ जना भने हप्ता दिनभित्र तीन डोजको एन्टीरेविज खोप लगाउनेगरी पहिलो खोप लगाएर फर्किएका छन् ।

    ‘ग्रेड थ्री’ अर्थात कुकुरको टोकाईबाट गहिरो घाउ लागेका कारण दुई जनालाई भ्याक्सिन दिएर अन्यत्र रेफर गरिएको हो । एकै दिन १५ जनालाई कुकुरले टोकेपछि साविकको सदरमुकाम दिक्तेलबजारमा कुकुर आतंक फैलिएको छ । 

    कुकुरले दिक्तेलको रत्नपार्कबाट हाटडाँडासम्म कुददै टोक्दै गरेको प्रत्यक्षदर्शीले बताएका छन् । रत्नपार्क क्षेत्रमा सबैभन्दा बढी कुकुरले टोकेको छ । कुकुरले अस्पताल चोकमासमेत एक जनालाई टोकेको छ । ‘ग्रेड टु’ अर्थात कुकुरको टोकाईबाट छालामा चोट लागेका घाइतेलाई हप्ता दिनभित्र तीन डोज खोप दिनुपर्ने हुन्छ । तर ‘ग्रेड वन’ अर्थात कुकुरको टोकाईबाट छालामा चोट नलागेका घाइतेलाई भने सामान्य सरसफाई गरे पुग्ने डा। मल्लिकले बताए ।

    डाक्टरकाअनुसार ‘ग्रेड थ्री’मा पर्ने घाइतेको घाउ वरपरको भाइरस नष्ट गर्नका लागि अर्को थरीको भ्याक्सिन हाल्नुपर्ने हुन्छ । जसका लागि धरान वा काठमाडौं पुग्नुपर्ने हुन्छ ।

    जिल्लाका लागि रेविजविरुद्धको मासिक दुई सय भाइल खोप आउने गरेको छ । पछिल्लो समय दैनिक दुईरतीन जना कुकुरले टोकेका घाइते उपचारमा आउने गरेको जिल्ला अस्पतालले जनाएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend