logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • टी-ट्वान्टी विश्वकप क्रिकेट: पहिलो पटक इंग्ल्याण्डले वेस्ट इन्डिजलाई हरायो

    टी-ट्वान्टी विश्वकप क्रिकेट: पहिलो पटक इंग्ल्याण्डले वेस्ट इन्डिजलाई हरायो

    3K
    Shares

    काठमाडौं । इंग्ल्यान्डले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा विजयी सुरुआत गरेको छ । शनिबार राति भएको खेलमा साविक विजेता वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गर्दै इंग्ल्यान्डले सुखद् सुरुआत गरेको हो ।

    वेस्ट इन्डिजले दिएको ५६ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले ८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । इंग्ल्यान्डको जितमा जोस बट्लरले अविजित रहँदै २४ रन बनाए । 

    वेस्ट इन्डिजका अकिल होसेनले २ तथा रभी रामपालले १ विकेट लिए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले १४ ओभर २ बलमा अलआउट हुँदै ५५ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि क्रिस गेलले सर्वाधिक १३ रन जोडे । वेस्ट इन्डिजलाई सस्तैमा समेट्न इंग्ल्यान्डका आदील राशिदले ४ विकेट लिए ।

    यससँगै इंग्ल्यान्डले पहिलो पटक टी(ट्वान्टी विश्वकपमा वेस्ट इन्डिजलाई हराउन सफल भएको छ ।

    जितसँगै सुपर १२ को समूह १ मा रहेको इंग्ल्यान्डले २ अंक जोडेको छ । वेस्ट इन्डिजले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend