logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • एउटै व्यक्ति कांग्रेस वडा उपसभापति र एमाले वडा सचिवमा निर्वाचित  !

    एउटै व्यक्ति कांग्रेस वडा उपसभापति र एमाले वडा सचिवमा निर्वाचित  !

    4.1K
    Shares

    दार्चुला । दार्चुलामा कांग्रेसको अधिवेशनबाट वडा उपसभापतिमा चयन भएका एक जना एमालेको वडा सचिवमा चयन भएका छन् ।

    गत ९ असोजमा  सम्पन्न नेपाली कांग्रेसको वडा महाधिवेशनबाट शंकर सिंह डोबाल महाकाली नगरपालिका–२ को उपसभापतिमा चयन भएका थिए । शनिबार गरिएको नेकपा एमालेको वडा अधिवेशनमा डोबाल सचिवमा चयन भएका छन् ।

    ‘कांग्रेसले सम्पन्न गरेको वडा अधिवेशनमा डोबाल उपसभापतिमा चयन भएका हुन् । एमालेमा प्रवेश गरे नगरेकोबारे जानकार छैन’, कांग्रेस महाकालि नगरपालिकाका प्रवक्ता पदम सिंह महरले भने । 

    शनिबार सम्पन्न गरिएको वडा अधिवेशनमा वीर सिंह डोबाल अध्यक्ष र शंकर सिंह डोबाल सचिवमा चयन गरिएको नेकपा एमाले दार्चुलाले जनाएको छ । 

    केही वडामा अधिवेशन सम्पन्न

    नेकपा एमाले दार्चुलाले शनिबार दार्चुलाका स्थानीय तहहरूमा ६१ वटा वडाहरू मध्ये केही वडामा अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनको तयारी गरिएका वडाहरूमा शनिबार गरिएको र बाँकीमा गरिने एमाले दार्चुलाका प्रचारप्रसार विभाग प्रमुख खडक बडालले बताए । 

    शैल्यशिखर नगरपालिका–६ को वडा अधिवेशनबाट सुरेन्द्रराज विष्ट अध्यक्ष तथा रमेश सिंह धामी सचिव रहने गरी ३१ सदस्यीय वडा कमिटी चयन गरेको छ ।

    शैल्यशिखर नगरपालिका–७ को वडा अधिवेशनबाट नवराज भट्ट वडा कमिटी अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरिएको नेकपा एमाले जिल्ला कमिटी सदस्य पुष्पराज जोशीले जानकारी दिए । 

    मालिकार्जुन गाउँपालिका–१ को वडाकमिटी अध्यक्षमा रमेशसिंह बोहरा सर्वसम्मत चयन गरिएका छन् ।महाकालीनगरपालिका–२ मा अध्यक्षमा वीर सिंह डोबाल र सचिवमा शंकर सिंह डोबाल रहने गरि २७ सदस्यीय समिति गठन गरिएको छ । 

    महाकाली नगरपालिका–३ मा बलदेव सिंह महर अध्यक्ष रहने गरी ३१ सदस्यीय, वडा नम्बर ९ मा कृष्ण सामन्त अध्यक्ष रहने गरी ३१ सदस्यीय समिति गठन गरिएको छ भने वडा नम्बर ७ मा किसन रैखोला अध्यक्ष रहने गरी ३१ सदस्यीय समिति गठन गरिएको एमाले दार्चुलाका प्रचारप्रसार विभाग प्रमुख खडक बडालले बताए । 

    महाकाली नगरपालिका–८ मा भवानसिह धामी अध्यक्ष, देव सिंह विष्ट उपाध्यक्ष तथा जगत सिंह साउँद सचिव रहने गरी २१ सदस्यीय समिति गठन गरिएको छ । 

    ब्यास गाउँपालिका–६ मा प्रमानन्द भट्ट अध्यक्ष रहने गरी ३१ सदस्यीय वडा कमिटी गठन गरिएको नेकपा एमालेका जिल्ला सदस्य एवं ब्यास गाउँपालिका–३ का वडाध्यक्ष उपेन्द्र सिंह धामीले जानकारी दिए ।  दुहुँ गाउँपालिका–१ को वडा कमिटी अध्यक्षमा मदन सिंह भण्डारीलाई चयन गरिएको छ । 

    मार्मा गाउँपालिका–१ को वडा अधिवेशनले रिउले धामी अध्यक्ष, तथा पूर्ण बोहरा सचिव रहने गरी ३१ सदस्यीय वडा कमिटी गठन गरिएको छ । 

    नौगाड गाउँपालिका–५ को वडाअधिवेशनबाट ५ जना पदाधिकारीसहित ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरिएको जनाएको छ । अंगवीर सिह धामी अध्यक्ष रहने गरी ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरिएको नेकपा एमाले जिल्ला कमिटी सचिव ज्ञानेन्द्र घर्तीले जानकारी दिए । 

    लेकम गाउँपालिका–३ मा रमेशप्रसाद भट्टको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी चयन गरिएको छ । वडा नम्बर ४ मा डम्बरबहादुर पालको अध्यक्षतामा ३१ सदस्यीय कमिटी चयन गरिएको छ । वडा नम्बर ५ मा केशवदत्त जोशीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरिएको नेकपा एमाले दार्चुलाले जनाएको छ । 
     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend