logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • अब सञ्जय-सलमानको सहकार्य वेब सिरिजमा

    अब सञ्जय-सलमानको सहकार्य वेब सिरिजमा

    3.3K
    Shares

    काठमाडौं । फिल्म ‘हम दिल दे चुके सनम’लाई दर्शकले रुचाए । फिल्ममा सलमान खान, अजय देवगन र ऐश्वर्या रायको मुख्य भूमिका छ । तर, यस फिल्मपछि सलमानसँग फिल्मका निर्देशक सञ्जय लीला भन्सालीको सहकार्य हुन सकेन । सलमान र सञ्जयबीचमा मतभेद रहँदा केही समय अगाडि मात्र घोषणा भएको फिल्म ‘इन्शाल्लाह’ पनि लगभग नबन्ने वा बने पनि त्यसमा सलमान नरहने तय जस्तै छ ।

    सलमानलाई लभ स्टोरी फिल्ममा हेर्न चाहेका दर्शक सञ्जयको फिल्म गर्ने खबरले उत्साहित थिए । तर, यो उत्साह धेरै समय टिक्न सकेन । सञ्जयले सलमानसँग कुरा नमिलेपछि प्रोजेक्टलाई थाँती राख्दै ‘गंगुवाइ कठियावाडी’ तयार गरे । पछिल्लो समय उनी ’हिरामंडी’ नामक वेब सिरिजको काममा व्यस्त छन् । 

    यता सलमान पनि आफ्नो प्रोजेक्टको लाइनअप गरेर काम गरिरहेका छन् । यसैबीच सञ्जय र सलमानको सहकार्यमा वेब सिरिज निर्माण हुने तय भएको छ । भारतीय मिडियाका अनुसार सलमानको जीवनीमा आधारित रहेर तयार हुने डकुमेन्ट्री सिरिज बियोन्ड द स्टारमा सञ्जयसँग सहकार्य हुने भएको हो ।

    यस डकु–सिरिजमा सलमानको तीन दशक यताको जीवनीलाई समेटिनेछ । जहाँ उनको स्ट्रगलदेखि पारिवारिक लाइफ, रिलेशनशिप, को–स्टारहरूसँगको सहकार्यलाई देखाइनेछ । सलमानको जीवनसँग जोडिएका निर्माता, निर्देशक तथा एक्टर, एक्ट्रेसहरूलाई सलमान स्वयंले समेत रिक्वेस्ट गरिरहेका छन् ।

    त्यसैले पनि उनको यो जीवन यात्रामा महत्वपूर्ण निर्देशकको रुपमा भन्साली रहेकाले उनले पनि सहभागिता जनाउने भएका छन् । भन्सालीलाई अप्रोच गरिएपछि उनी तुरुन्तै तयार भए । साथै, उनले आफ्नो भागको छायांकनसमेत सकाइसकेका छन् ।

    भन्सालीले सलमानसँग मित्रता र दूरी बढ्नुको कारणलाई त्यसमा उल्लेख गरेका छन् । ठूलो ओटीटी कम्पनीले निर्माण गरिरहेको यस डकु–सिरिजमा सलमान खान फिल्म्स पनि निर्माताको रूपमा आवद्ध छ । सलमानको आग्रहमा डकु–सिरिजमा भन्सालीसँग जुरेको सहकार्य फिल्ममा जुर्छ कि जुर्दैन रु यो भने आउँदा दिनले नै बताउनेछ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend