logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • अब चिनियाँ विद्यालयले विद्यार्थीलाई धेरै होमवर्क दिन नपाउने

    अब चिनियाँ विद्यालयले विद्यार्थीलाई धेरै होमवर्क दिन नपाउने

    3.1K
    Shares

    एजेन्सी, बेइजिङ । विद्यालय समयपछि दिइने होमवर्कका कारण अधिकांश बालबालिकामा मानसिक बोझ महशुस गर्छन् । यस्तै बोझलाई महशुस गर्दै चीनले एउटा शिक्षासम्बन्धी विद्येयक पारित गरेको छ । जसअनुसार कुनै पनि विद्यालयले विर्थाीलाई धेरै होमवर्क दिन पाउने छैनन् । चीनको नाम मात्रको संसद नेसनल पिपुल्स कंग्रेसले नयाँ विद्येयक पारित गरेर विद्यार्थीमा होमवर्कको लोड हटाउने कानुनी व्यवस्था गरेको हो ।

    सो कानुनको पूर्ण विवरण चिनियाँ सञ्चार माध्यमहरुले सार्वजनिक गरेका छैनन् । तर, त्यसले अभिभावकलाई बालबालिकाको बौद्धिक विकास र नैतिकता  प्रदर्शन गर्न उत्प्रेरित गर्ने सरकारको दाबी छ । 

    यसअघि सरकारले ६ र सात वर्षका बालबालिकाका लागि लिखित परीक्षाको व्यवस्था हटाएको थियो । सरकारले बालबालिकालाई पर्याप्त आराम गर्न र उनीहरूलाई धेरै समय इन्टरनेटमा झुम्मिने परिस्थिति नबनाउन आग्रह गरेको छ ।

    गत वर्ष चीनले बालबालिकामा विद्यमान इन्टरनेट तथा पप संस्कृतिको कुलत घटाउन विभिन्न उपाय थालेको थियो ।

    सरकारले ल्याएको नयाँ विद्येयकबारे त्यहाँको सामाजिक सञ्जाल विबोमा मिश्रित प्रतिकृया देखिएको छ । सरकारको कदमको प्रशंसा गर्नेले त्यसले बालबालिकाको शारीरिक र मानसिक बोझ हट्ने बताएका छन् भने आलोचकहरुले सो नियम कार्यन्वयन हुनेमा आशंका गरेका छन् । 

    चार महिनाअघि मात्र सरकारले फाइदा उठाउने उद्देश्यले खोलिएका अनलाइन सिकाई केन्द्र बन्द गर्न निर्देशन दिएको थियो । सरकारले एउटा नयाँ कानून ल्याएर नै ती केन्द्र बन्द गरिदिएको थियो, जसका कारण करिब १२० अर्ब अमेरिकी डलर बराबरको शैक्षिक व्यापार बन्द भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend