logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • एमाले अध्यक्ष ओली झापा जाँदै, दुर्गा प्रसाईँले सयौँलाई पार्टी प्रवेश गराउने

    एमाले अध्यक्ष ओली झापा जाँदै, दुर्गा प्रसाईँले सयौँलाई पार्टी प्रवेश गराउने

    3.7K
    Shares

    काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका तीन शीर्ष नेता झापा जाने भएका छन् । झापा र मोरङमा आयोजना हुने विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न तीन दिनका लागि अध्यक्ष ओली आइतबार झापा जाने भएका हुन् । 

    नेकपा एमाले झापाका अनुसार ओलीसँगै स्थायी कमिटी सदस्यहरु सुवासचन्द्र नेम्वाङ, लेखराज भट्ट र केन्द्रीय सदस्य प्रभू साह पनि झापा जाँदै छन् । अध्यक्ष ओलीको उपस्थितीमा आइतबार दिउँसो १२ बजे विर्तामोडमा आयोजित कार्यक्रममा माओवादीबाट सयौं कार्यकर्ता एमालेमा प्रवेश गर्ने भएका छन्। स्रोतका अनुसार स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईँले सयौंलाई एमाले प्रवेश गराउने भएका हुन् ।

    यसैगरी आजै धुलाबारीमा आयोजना हुने कार्यकर्ता भेटघाटलाई पनि अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् । सोमबार बिहान आफ्नो निर्वाचन क्षेत्र झापा ५ को गौरादह नगरपालिका ५ महारानीझोडामा साना किसान महिला सहकारी संस्थाले निर्माण गरेको पाहुना घरको अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यतालिका रहेको छ । 

    ओलीको सचिवालयले जनाए अनुसार ९ गते बिहान अध्यक्ष ओली काठमाडौं फर्किने छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend