logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • सुदूरपश्चिम: बाढीपहिराबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो, २३ अझै बेपत्ता

    सुदूरपश्चिम: बाढीपहिराबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो, २३ अझै बेपत्ता

    3.1K
    Shares

    बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा बाढीपहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ । गत असोज ३१ गतेदेखिको  अविरल वर्षासँगै भएको विपद्का घटनामा परी हालसम्म यस प्रदेशमा ३५ जनाको मृत्यु भएको हो ।

    बाढीपहिरो, डुबानमा परी सुदूरपश्चिममा सबैभन्दा बढी डोटीमा मानवीय क्षति भएको छ । डोटीमा १६ जनाको मृत्यु भएको छ ।  बझाङमा १०, बैतडीमा चार, डडेल्धुरामा तीन, अछाम र  कैलालीमा एकरएक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    विपद्मा परी यस प्रदेशमा अझै २३ जना बेपत्ता छन् । बेपत्ता हुनेमा बझाङमा २० र बैतडी, डोटी, कैलालीमा एक÷एक छन् । यस्तै विपद्मा परी १७ जना घाइते छन् । डोटीमा ११, डडेलधुरामा दुई, बैतडीमा दुई र बझाङ र बाजुरमा  एकरएक जना घाइते भएका हुन् ।

    विपद्मा परी बाजुरा, डोटी, डडेल्धुरा, बझाङ, जिल्लामा गरी १०० बढी पशु चौपाया मरेका छन् भने ६० बढी बेपत्ता छन् । पहिराका कारण बझाङमा १२, डोटीमा छ र डडेल्धुरामा दुई गरी २० घरमा पूर्णरूपमा क्षति पुगेको छ । बाढीका कारण यहाँका २१६ घरधुरी डुबानमा परेकामा ४३० जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको जनाइएको छ ।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend