logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रदेश १ को बैठक स्थगित गर्न कांग्रेसको माग

    प्रदेश १ को बैठक स्थगित गर्न कांग्रेसको माग

    2.9K
    Shares

    काठमाडौं । नेपाली कांग्रेस प्रदेश नम्बर–१ ले आजको प्रदेशसभाको बैठक स्थगित गर्न माग गरेको छ । मुख्यमन्त्री भीम आचार्यले आइतबार (आज)  विश्वासको मत लिने कार्यसूची छ ।

    पार्टीभित्र छलफल गर्नुपर्ने र पार्टीका सभापति शेरबहादुर देउवा प्रदेश–१ का बाढी प्रभावित क्षेत्रको भ्रमणमा आएका कारण बैठक रोक्न माग गरिएको कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले बताएका छन् । 

    कतिपय सांसद सभापतिको कार्यक्रममा सहभागी हुनुपर्ने भएकोले पनि बैठक स्थगित गर्न प्रदेशसभा सचिवालयसमक्ष लिखित माग गरिएको प्रमुख सचेतक केदार कार्कीले जानकारी दिए । उनले भने, ‘पार्टीभित्र छलफल समेत गर्नुपर्ने भएकोले आजको बैठक स्थगित गर्न माग गरेका हौँ ।’

    प्रमुख सचेतक कार्कीले निवेदन दर्ता गराएको प्रदेशसभा सचिवालयले जनाएको छ । कांग्रेस र नेकपा (माओवादी केन्द्र)का केही सांसदले मत विभाजनमा ‘फ्लोर क्रस’ गर्ने सम्भावना देखिएको बताइएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend