logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • झापामा माओवादी पत्तासाप हुने दुर्गा प्रसाईंको ठोकुवा

    झापामा माओवादी पत्तासाप हुने दुर्गा प्रसाईंको ठोकुवा

    2.9K
    Shares

    काठमाडौं । झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईं नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।​ प्रसाईंसहितका विभिन्न पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार झापा पुगिसकेका छन् । 

    प्रसाईले यसअघि नेकपा माओवादी समर्थक थिए । बिर्तामोडस्थित सीटी सेन्टरमा आइतबार आयोजित कार्यक्रममा आफूसहित झण्डै चार हजार विभिन्न पार्टीका नेता कार्यकर्ता पार्टी प्रवेश गर्ने तयारी भएको पनि प्रसाईँले बताएका छन् । पार्टी प्रवेश गरेर ओलीको हातबाट टीका लगाउनुअघि प्रसाईंले झापाबाट माओवादी पत्तासाफ हुने ठोकुवा समेत गरे । 

    उनले टाउकाको मोल तोक्ने शेरबहादुर देउवा र कम्युनिस्टको वर्गशत्रु रहेको काँग्रेससँग माओवादीले घाँटी जोडेकाले पार्टी छोड्ने निर्णयमा पुगेको पनि बताए । प्रसाईं यसअघि असोजमा काठमाडौमा सम्पन्न नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा पनि सहभागी थिए । त्यतिवेलानै प्रसाईले माओवादी छाडेको चर्चा चलेको थियो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend