logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    जो हाकिमसाबद्वारा डीडीसीमा ‘बलिको बोका’ बनाइए…

    जो हाकिमसाबद्वारा डीडीसीमा ‘बलिको बोका’ बनाइए…

    3.4K
    Shares

    त्यो दिन कात्तिक १५ गते थियो । बालाजुस्थित काठमाडौं दुग्ध वितरण आयोजनाका प्रमुख राजेन्द्र अधिकारी हुनुहुन्थ्यो । उहाँ त्यो बेला दुग्ध विकास संस्थान (डीडीसी) को महाप्रबन्धक बन्न निक्कै दौडधुप गरिरहनु भएको थियो । उहाँलाई जसरी पनि महाप्रबन्धक बन्नु थियो । कताबाट के मिल्यो मलाई थाहा भएन् । 

    अधिकारी बालाजु आयोजनामा कमै मात्रै बस्नुहुन्थ्यो । अधिकांश समय महाप्रबन्धक बन्नका लागि दौडधुप हुन्थ्यो । म त्यति बेला बालाजु आयोजनाकै इन्जिनियरिङ्ग शाखाको प्रमुखको रुपमा कार्यरत थिएँ । त्यो शाखामा लामो समयदेखि मेसिनरी उपकरणमा नट बोल्ट कस्ने काममा अहोरात्र खटिरहेका थिएँ ।

    त्यही बेला अधिकारीलाई पदोन्नती गर्दै केन्द्रीय कार्यालय लैनचौरले उपप्रबन्धक बनाएर केन्द्रीय कार्यालयमा सरुवा गर्‍यो । उनको स्थानमा वरिष्ठताको आधारमा केन्द्रीय कार्यालयले मलाई काठमाडौं आयोजनाको प्रमुखको जिम्मेवारी तोक्यो ।

    सरुवा हुनुभएका तत्कालीन प्रमुख अधिकारीलाई केन्द्रीय कार्यालयमा हाजिर गर्न निक्कै हतार थियो । उनले सरुवा हुने स्थानमा जानुअघि गर्नुपर्ने प्रक्रियागत कामहरु गर्न त्यति ध्यान दिनुभएन् । लैनचौरमा हाजिर हुनुअघि उहाँले नियमित काममा ध्यान दिनुभएन् । हतार हतारमा आन्तरिक लेखा परीक्षक (आलेप) टोलीको रोहवरबिना नै अधिकारीले मौखिक रुपमा उक्त आयोजनाको बुझबुझारथ गर्नुभयो ।

    म लामो समयदेखि नट बोल्ट कस्ने काम मात्रै गर्दैआएको थिएँ । प्रशासनिक काम र प्रक्रियाको विषयमा मलाई त्यति अनुभव थिएन् । प्रशासनिक शाखामा काम नगरेकाले नियम कानुन जान्ने कुरा पनि भएन ।

    मेरो लागि नयाँ जिम्मेवारी सिकाई र चुनौतीको विषय थियो । सबै साथीले मलाई हौस्याउँदै,‘तपाई जिम्मेवारी सम्हाल्न सक्नुहुन्छ, हामी तपाईँलाई पूर्ण सहयोग गर्छौ’, भनेर ऊर्जा प्रदान गरेका थिए ।

    बुझबुझारथ गर्दा आलेपको रोहवरमा आधिकारिक कागजातसहित गर्नुपर्छ भन्ने हेक्का ममा थिएन् । मेरो बुझाईको कमीका कारण अधिकारीले मौकाको फाइदा उठाउनुभयो । त्यो बेला आफूलाई पनि थाहा भएन, आलेप उपस्थित रहेको अवस्थामा मात्रै बुझबुझारथ गर्नुपर्छ । अधिकारी पनि आलेप बिना नै आफूखुशी बुझबुझारथ गरेर केन्द्रीय कार्यालय लैनचौंरमा हाजिर हुनुभयो ।

    पछि उहाँले मलाई बुझबुझारथ गरेको भनेर सबैलाई जानकारी गराउनु भएको रहेछ । जबकी आधिकारिक र प्रक्रियागत रुपमा मलाई बुझबुझारथ गर्नु नै भएन् ।  आलेप बिना कुनै पनि बुझबुझारथ गर्नु हुन्न भन्ने कुराको मलाई पनि अब बल्ल बुझ्ने मौका मिल्यो । आलेप बिना भएको त्यो बेलाको बुझबुझारथलाई अवैद्य मानिन्छ ।

    अधिकारी केन्द्रीय कार्यालयमा हाजिर भएको ठिक एक महिनापछि आलेप विभागका प्रमुख ध्रुवप्रसाद भट्ट र सहायक लेखा अधिकृत कमलप्रसाद दाहाल, सन्तोष आचार्य र सीताराम सुवेदी रहेको टोली काठमाडौं दूग्ध वितरण आयोजनामा परिचालन गरियो ।

    आलेप टोलीले २०७६।७७ को भौतिक मौज्दातसम्बन्धी अध्ययन गरेको थियो । आलेपले २०७६ मंसिर १५ र १६ गते उक्त आयोजनामा भएको मौज्दातको अवस्थाको आधारमा भौतिक परीक्षण गरेको थियो । भौतिक मौज्दात परीक्षण गर्दा करिब १ करोड ५८ लाख ५२ हजार ५ सय मूल्य बराबरको अर्धतयारी घिउ, धुलो दूध र तयारी घिउ हिनामिना भएको तथ्य फेला परेको थियो ।

    आलेपको यो प्रतिवेदन आउनासाथ म छाङ्गाबाट खसेजस्तै भएँ । किनभने म भर्खरै उक्त आयोजनाको प्रमुख भएको एक महिना हुँदै थियो । एक महिना नबित्दै कसरी यति मूल्य बराबरको दुग्ध पदार्थ हिनामिना हुन पुग्यो, म सोच्नै सकिन् । यति ठूलो परिमाणमा हिनामिना समय लाग्नुपर्ने हो । तर मैले कार्यभार सम्हालेको एक महिनामा कसरी यो परिमाणमा हिनामिना भयो, त्यो बेला मलाई मर्नु न बाँच्नुजस्तो भयो । आफूले गर्दै नगरेको गल्तीको जिम्मेवारी मेरो टाउकोमा थुपारियो । म मात्रै होइन, त्यो प्रकरणमा गुण नियन्त्रण प्रमुख मोनिका प्रधान र प्रशोधन शाखा प्रमुख चक्रवर्ती पौडेललाई पनि दोषी देखाइयो ।

    अधिकारी सरुवा भएर जानुअघि नै वा सरुवा भएर जाने समयमा आलेपको रोहवरमा बुझबुझारथ भएको भए म शायद गर्दै नगरेको यो घोटाला प्रकरणमा फस्ने थिएन । अधिकारीले मिलोमतोको आधारमा आफ्नो कार्याकालमा गरेका सम्पूर्ण क्षति र नोक्सानीको भारी हाम्रो टाउकोमा बिसाएर मसहित अन्य तीन जना साथीलाई बलिको बोका बनाइदिनुभयो ।

    मलाई फसाइयो भनेर केन्द्रीय कार्यालयलाई पनि निवेदन तत्कालीन समयमा दिए । तर हाम्रो पहुँच नपुगेर होला कुनै सुनुवाइ भएन । म सोझो मान्छे करिब ३४–३५ वर्षसम्म मेसिनरी उपकरणमा नट बोल्ट कस्दै जागिरमा बिताए । तर, अन्तिम समयमा फसाए ।

    त्यो प्रकरणमा मलाई कारबाही किन नगर्ने भनेर चिठी पनि आयो । मैले मलाई नियतवशः मिलोमतोको आधारमा मलाई फसाइएको भनेर पटक पटक जवाफ दिएँ । यसरी पठाएको जवाफमा केन्द्रीय कार्यालयलाई गहन रुपमा छानविन गर्न भनिरहे । तर, मेरो कुराको कसैले वास्ता गरेन् । तत्कालीन सञ्चालक समिति र डीडीसी केन्द्रीय व्यवस्थापनसम्मले हामीलाई नै दोषी ठहराए ।

    कारबाही पनि गरिएन, अवकाशपछि सुविधा पनि दिइएन
    आलेपको प्रतिवेदनपछि सञ्चालक समितिले पनि अध्ययन गर्‍यो । त्यो अध्ययनको आधारमा केन्द्रीय कार्यालय लैनचौरले आयोजना प्रमुख अर्थात् ममाथि दुई ग्रेड घटुवा र नसिहत दिने निर्णय गर्‍यो । यस्तै तत्कालीन प्रशोधन शाखा प्रमुख चक्रवर्ती पौडेलको हकमा १ ग्रेड घटुवा तथा नसिहत दिने र तत्कालीन गुण नियन्त्रण शाखा प्रमुख मोनिका प्रधानको हकमा २ ग्रेड घटुवा गर्ने निर्णय गर्‍यो ।

    यसका साथै दुग्धजन्य पदार्थको क्षतिमा दुग्ध विकास संस्थान कर्मचारी प्रशासन विनियावलीअनुसार तत्कालीन महाप्रबन्धकबाट १ लाख र प्राविधिक व्यवस्थापनबाट ५० हजारको दरले जरिवाना तिराउने निर्णय गरेको थियो । 

    यसरी केन्द्रीय कार्यालयले बालाजु आयोजनाको हामी तीन जनासहित केन्द्रीय कार्यालयको तत्कालीन महाप्रबन्धक र प्राविधिक व्यवस्थापनलाई दोषी मानेर कारबाही गर्ने निर्णय गरे पनि हालसम्म कसैमाथि तोकिएको कारबाही गरिएको छैन । म प्रमुख हुनुअघि १ महिना अघिसम्म कार्यरत रहेका अधिकारीलाई न छानविनको दायरामा ल्याइयो । मिलोमतोको आधारमा अधिकारीमाथि कुनै कारबाही गरिएन । उनलाई पूर्ण रुपमा छुट दिइयो ।

    यही क्रममा उमेर हदका कारण पहिलो पटकको लकडाउन (बन्दाबन्दी) को समयमा मैले अवकाश पाएँ । अवकाश प्राप्त गरिसक्दा पनि हालसम्म न कारबाही गरियो । न त अवकाशपछि मैले नियमअनुसार पाउनुपर्ने सुविधा नै पाएँ । पैसा नभएर त्यो बेलाको बन्दाबन्दीको समयदेखि हालसम्म म र मेरो परिवारले निक्कै कष्टकर जीवन बिताउन बाध्य भएका छौँ । छोराछोरी र श्रीमती कतिदिन रोएर नै बिताए । हामी निक्कै बिच्चलीपूर्ण अवस्थाबाट गुज्रिरहेका छौँ । मेरो यो पीडा कसलाई सुनाउने र बताउने ?

    के भन्छन, उपप्रवन्धक अधिकारी

    Rajendra Adhikari final code.jpg

    (तत्कालीन बालाजु आयोजना प्रमुख तीर्थकुमारमहर्जनसँग राजेश बर्माले गरेको कुराकानीमा आधारित)

     

    पहिलो श्रृङ्खला : डीडीसीमा घोटाला गर्नेलाई ‘उपप्रबन्धक’ उपहार ! घर न घाटको बने कर्मचारी 

    Bhaisi-02.jpeg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend