Logo सोमवार, मंसिर २० गते २०७८
images
सोमवार, मंसिर २० गते २०७८
images
images

५६औँ वर्षमा शाहरुख : आफैँ सम्झन चाहँदैनन् यी फिल्म

५६औँ वर्षमा शाहरुख : आफैँ सम्झन चाहँदैनन् यी फिल्म

images
images
  • 646
    SHARES
  • ५६औँ वर्षमा शाहरुख : आफैँ सम्झन चाहँदैनन् यी फिल्म

    काठमाडौं । बलिउडका रोमान्स किङ शाहरुख खान ५६औँ वर्षमा प्रवेश गरेका छन् । सन् १९९२ मा बलिउडमा डेब्यू गरेका शाहरुखले अहिले पनि बलिउडमा तहल्का पिटिरहेका छन् । 

    images

    पछिल्लो समय उनी अभिनेतासँगै निर्माता, आईपीएलको टिम कोलकाता नाइट राइडर्सको मालिक, भीएफएक्स कम्पनीका रेड चिल्लीका मालिकको रुपमा समेत परिचित छन् । बलिउडमा तीन दशक पूरा गर्ने तयारीमा रहेका शाहरुखका केही फिल्म भने उनी आफैँले समेत बिर्सन लायक छन् । ती फिल्म यस्ता थिए, जुन सुटिङ हुँदाहुँदै रोकिएनन् मात्र त्यसको चर्चासमेत मिडियामा भएन । केही यस्तै फिल्मको चर्चा गरौँ ।

    अहमक स् सन् १९९१ मा शाहरुखले ‘अहमक’ फिल्ममा हस्ताक्षर गरेर सुटिङ थाले । जसलाई मणि कौलले निर्देशन गरिरहेका थिए । यसमा अयूब खान र मीता वशिष्ठ पनि मुख्य भूमिकामा थिए । यो फिल्म तयार पनि भयो तर प्रदर्शनमा आएको छैन । यद्यपि यसलाई सन् २०१५ मा आयोजित एक फिल्म फेस्टिभलमा भने प्रदर्शन गरिएको थियो ।

    शिखर स् सन् १९९५ मा उनले ‘शिखर’ नामक फिल्मको छायाँकन गर्ने चर्चा थियो । यसलाई चर्चित निर्देशक शुभाष घईले निर्देशन गर्दै थिए । भारतीय मिडियामा आएको खबरलाई मान्ने हो भने यसको छायाँकन सुरु पनि गरिएको थियो, जसमा शाहरुखको को(स्टार माधुरी दीक्षित थिइन् । तर, आपसी समझदारी नहुँदा सुभाषले फिल्मको छायाँकन नै रोके । त्यस पश्चात निर्देशक घईले यसलाई नयाँ कथामा फिल्म निर्माण गरे ।

    किसी से दिल लगाके देखो : शाहरुखले सन् १९९६ मा फिल्म ‘किसिसे दिल लगाके देखो’मा हस्ताक्षर गरे । लभ स्टोरी फिल्मले दर्शक मन जिति रहेको समयमा यसको नामले नै आकर्षण गर्नु स्वभाविक थियो । यसमा उनीसँगै आयशा जुल्का र मधु पनि लिड रोलमा थिए । तर , फिल्मको सुटिङ त सुरु भयो, पूरा हुन् सकेन ।  

    रश्क स् शाहरुखले सन् २००१ मा फिल्म ‘रश्क’ साइन गरे । फिल्ममा उनिसँगै बिग बि अर्थात् अमिताभ बच्चन र जुही चावला पनि थिए । फिल्मको छायाँकन पूरा पनि भयो । तर, फिल्म भने रिलिज हुन् सकेन । फिल्मलाई केही वितरकले रिलिज गर्ने कोसिस नगरेका पनि होइनन् तर त्यतिबेलाको उनको स्टारडमले काम गरेन । घाटा खाएर वितरकले रिलिज गर्ने आट गरेनन् ।

    एक्स्ट्रीम सिटी स् पछिल्लो समय बलिउडबाट हलिउडमा गएर काम गर्ने धेरै छन् । इरफान खान, दीपिका पादुकोण, प्रियंका चोपडा लगायतले हलिउड फिल्ममा काम गरिसकेका छन् भने अनिल कपूर पनि ‘मिसन इम्पोसिबल’सिरिजमा देखिएका थिए । इरफानको निधन भइसकेको छ ।  तर, त्यस नै शाहरुखले हलिउडमा ट्राइ गरेका थिए । उनले गोप्य रुपमै सन् २०११ मा हलिउड फिल्म ‘एक्सट्रिम सिटी’ छायाँकन गरिरहेका थिए ।

    उनी फिल्ममा मुख्य भूमिकामा त थिएनन् तर महत्वपूर्ण रोलमा थिए । उनी फ्यानलाई फिल्मको टिजर सार्वजनिक हुँदा सरप्राइज दिन चाहन्थे । मार्टिन स्कोर्सेसेको निर्देशनमा तयार भइरहेको फिल्ममा लियोनार्डो डिकार्पियो पनि थिए । फिल्मको छायाँकन ३० प्रतिशत भइसकेको थियो तर फिल्म निर्माण कम्पनी समस्यामा परेपछि सुटिङ नै रोकियो । सुटिङ पुरा हुन् सकेन र शाहरुखलाई हलिउड फिल्ममा हेर्ने फ्यानको सपना अधुरै रह्यो ।

    बलिउडमा बादशाहको समेत उपमा पाएका शाहरुखले यी फिल्मलाई आफैले समेत याद गर्दैनन् । यिनको चर्चा नत शाहरुखले नै कुनै अन्तर्वार्तामा गरेका छन्, नत मिडियाले नै । 
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार