logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • एक वर्ष पछि सर्‍यो ‘प्रकाश’को प्रदर्शन

    एक वर्ष पछि सर्‍यो ‘प्रकाश’को प्रदर्शन

    3.4K
    Shares

    काठमाडौं । निर्देशक दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘प्रकाश’ आउँदो वर्ष मात्र प्रदर्शनमा आउने भएको छ । प्रि–प्रोडक्सनमा रहेको फिल्मको सम्पादनको काम लगभग सकिएको जनाउँदै निर्देशक राउतले आउँदो वर्ष मात्र प्रदर्शनमा आउने बताए । 

    ‘संवत् फिल्म यो वर्ष प्रदर्शनमा आउँदैन । किनकि हामी भन्दा अगाडी नै तयार भएका फिल्महरू छन् । त्यसैले हामीले अन्यसँग डेट नजुध्ने हिसाबले रिलिज घोषणा गर्ने छौँ,’ निर्देशक राउतले भने । उनले फिल्मलाई राम्रोसँग तयार गरेर मात्र रिलिज घोषणा गर्ने योजना सुनाए । 

    ‘हामीले रिलिज घोषणा गरेर पनि फिल्मको काम छिटोछिटो सकाउने गरेका छौं । तर यसपटक काम सकाएर मात्र रिलिज घोषणा गर्ने तयारी छ,’ उनले भने । फिल्ममा प्रदीप खड्का, रेनु योगी, दिया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, नीरज पन्थी (आँपे), हुम बिसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहनेछ ।

    जुम्लाको एक निम्न वर्गीय परिवारको युवाले सरकारी स्कुलको शिक्षक बन्न गर्ने संघर्षको कथा भन्ने फिल्मलाई विकास सुवेदीले लेखेका हुन् । 

    फिल्ममा तारा प्रकाश लिम्बु, एलिसा कार्की, दीपक शर्माको संगीत रहेको छ भने उत्तम प्रधानको साउन्ड, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र जीवन थापाको सम्पादन रहनेछ । बिनिस् इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend