logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • सारालाई किन लाग्थ्यो उनका बाबुआमा ‘सारै खराब मान्छे’ हुन् ?

    सारालाई किन लाग्थ्यो उनका बाबुआमा ‘सारै खराब मान्छे’ हुन् ?

    7.6K
    Shares

     

    काठमाडौं । बलिउड अभिनेत्री सारा अलि खानले हालै एउटा अन्तर्वार्तामा बालापनमा आफूले आफ्ना बाबुआमा सैफअलि खान र अमृता सिंह खराब मान्छे भएको ठान्ने गरेको बताएकी छन् ।

    उनले आफूले ‘ओमकारा’ फिल्ममा बाबु सैफ र ‘कलयुग’ मा आमा अमृताले निर्वाह गरेको चरित्र देखेपछि उनीहरू सारै खराब मान्छे भएको निर्र्यौल गरेको बताएकी हुन् ।

    त्यतिबेला उनलाई लाग्थ्यो, ‘बाबु सैफ खराब भाषा बोल्छन् अनि आमा अमृता पोर्न साइट चलाउछिन् ।’

    साराले भनेकी छिन्,‘मलाई याद छ, सन् २००५ मा ‘कलयुग’ र सन् २००६ मा ‘ओमकारा’ हेरेपछि मलाई निकै तनाव भएको थियो । मलाई लाग्यो, मेरो बाबा–मम्मी बहुत खराब मान्छे हुन् । त्यतिबेला म सानै थिए । जब उहाँहरूले एउटै वर्ष बेस्ट नेगेटिभ रोलको अवार्ड पाउनु भयो, यो के हो रु भनेर म चकित परें ।’

    ‘ओमकारा’ मा सैफले ईश्वर लंगडा त्यागीको भूमिका निर्वाह गरेका थिए । एक्सन थ्रिलर ‘कलयुग’ मा अमृताका साथमा इमरान हास्मी, स्माइली सुरी र आशुतोष राणा मुख्य भूमिकामा थिए । साराका बाबु आमा सन् २००४ मा छुट्टिएका थिए । डिर्भोसपछि सारा र इब्राहम अमृताका साथमा बसेका थिए ।

    सन् २०१८ मा निर्माण भएको ‘केदारनाथ’ फिल्मबाट डेब्यु गरेकी साराले त्यो फिल्मबाट तारिफ पाएकी थिइन् । त्यो फिल्ममा उनको जोडी सुशान्त सिंह राजपुत थिए । त्यसपछि उनले रोहित सेठ्ठीको ‘सिम्वा’ फिल्ममा अभिनय गरेकी थिइन् ।

    अब उनी अक्षय कुमार र धनुषका साथमा ‘अतरंगी रे’ फिल्ममा देखिँदैछिन् । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend