logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • हिउँदे वालीलाई ६५ हजार टन डीएपी आवश्यक, उपलब्धता ३० हजार टन, साल्ट भन्छ,‘हामीसँग पनि छैन’

    हिउँदे वालीलाई ६५ हजार टन डीएपी आवश्यक, उपलब्धता ३० हजार टन, साल्ट भन्छ,‘हामीसँग पनि छैन’

    7.2K
    Shares

    काठमाडौं ।  गहुँवालीसहित अन्य हिउँदे वालीलाई आवश्यक पर्ने डीएपी मलको चर्को अभाव भएको छ । 

    देशभरका किसानले धानवाली काटेर अहिले गहुँवाली लगाउन सुरु गरेका छन् । गहुँसँगै मकै, आलु, तोरीसहित अन्य वालीलाई आवश्यक पर्ने परिमाणमा डीएपी मल सरकारसँग छैन् ।

    यो वेला डीएपी मलकोे माग ६५ हजार टन छ । तर सरकारी स्वामित्वको कृषि सामाग्री कम्पनीसँग भारत र चीनबाट आयात हुने कूल परिमाण गरी ३० हजार टन मात्रै डीएपी मलको उपलब्धता हुनेछ । 

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयले डीएपी मल ल्याउने बिषयमा गम्भिर नभएकाले यो बर्ष फेरी किसानले गहुँवालीका लागि मलको चर्को सास्ती व्यहोर्नु पर्ने भएको छ ।

    कृषि सामाग्री कम्पनीले भारतको इण्डियन पोटास लिमिटेड(आईपीएल) बाट २५ हजार टन डीएपी मल ल्याउन सुरु गरिसकेको छ । यसमध्ये केही परिमाण रक्सौल नाकाहँदै नेपाल आउन सुरु भइसकेको छ ।

    यो वाहेक कृषि सामाग्रीले चीनसँग खरिद गरेको ५ हजार टन डीएपी तत्कालै आइपुग्ने अवस्था छैन् । ५ हजार टन चीनको सिगात्सेसम्म आइपुगे पनि चीनको विभिन्न प्रक्रिया पुरा गरि तातोपानी नाकासम्म आइपुग्न अझै महिना लाग्ने कृषि सामाग्री कम्पनीका एक अधिकारीले जानकारी दिएका छन् ।

    गहुँवालीसहित अन्य हिउँदे वालीलाई आवश्यक पर्ने डीएपी मल समयमै आयात गर्नका लागि मन्त्रालयसँग दुई प्रकारको विकल्प मात्रै भएको ति अधिकारीले जानकारी दिए । ‘हामीसँग कित् जीटुजीबाट ल्याउनुपर्यो वा अन्य कुनै कुटनीतिक पहलमार्फत तत्कालै आउनुपर्यो । अर्को बिकल्प हामीसँग छैन्,’ ति अधिकारीले भने ।

    मलकै कारोबार गरिरहेको साल्ट ट्रेडिङ कर्पोरेशन पनि डीएपी मलको मौज्दात छैन् । कर्पोरेशनका सहायक कार्यकारी अधिकृत पंकज जोशीले अहिलेलाई डीएपी मल नभएको जानकारी दिए । ‘अहिले तत्कालका लागि डीएपी मल हामीसँग पनि छैन,’ उनले भने,‘आगामी दुई महिनापछि आउने सम्भावना छ ।’

    उनकाअनुसार भारतको इण्डियन पोटास लिमिटेड(आईपीएल) सँग सम्झौता भएको २५ हजार टन डीएपी आगामी दुई महिनापछि नेपाल आइपुग्छ । ‘तर आईपीएलले खरिद गर्ने कम्पनीको टुङगो नलागेकाले अहिले नै के हुन्छ भन्न सकिन्न,’ उनले भने ।

    भारतमा प्रतिवन्ध मल साल्टले भित्र्यायो

    साल्ट ट्रेडिङ कर्पोरेशनले भारतमा प्रयोग गर्न प्रतिवन्ध भएको एसएसपी अमोनियम सल्फेट नामको मल भित्र्याएको छ । स्रोतकाअनुसार यो मल भारतमा प्रयोग गर्न प्रतिवन्ध छ । तर कर्पोरेशनले यो मल भित्र्याएर युरिया मलको विकल्पमा गैर अनुदानित मूल्यमा किसानलाई बिक्री गर्दैआएको छ । 

    कर्पोरेशनका सहायक कार्यकारी अधिकृत जोशीले भने यो मल प्रयोग गर्न मिल्ने बताए । अमोनियम सल्फेट मल युरियाको विकल्पमा प्रयोग गर्न सकिने जानकारी दिदैं जोशीले भारतमा समेत यो मल प्रयोग भइरहेको दाबी गरे ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend