Logo सोमवार, मंसिर २० गते २०७८
images
सोमवार, मंसिर २० गते २०७८
images
  • मनोरञ्जन
  • भारतीय नायिका प्रीति जिन्टाले जन्माइन जुम्ल्याहा...
images

भारतीय नायिका प्रीति जिन्टाले जन्माइन जुम्ल्याहा बच्चा

भारतीय नायिका प्रीति जिन्टाले जन्माइन जुम्ल्याहा बच्चा

images
images
  • 268
    SHARES
  • भारतीय नायिका प्रीति जिन्टाले जन्माइन जुम्ल्याहा बच्चा

    काठमाडौं । भारतीय चर्चित नायिका प्रीति जिन्टाले बिहिबार जुम्ल्याहा बच्चालाई जन्म दिएकी छिन् ।

    images

    बिहिबार जुम्ल्याहा बच्चाकी आमा बने लगत्तै उनी र उनका श्रीमान जिन गुडइनफले प्रशंसकलाई इन्स्टाग्राम पोस्टमार्फत् आफ्ना जुम्ल्याहा बच्चा जन्मेको सर्प्राइज घोषणा गरेका छन् ।

    प्रीतिले श्रीमान जीनका साथमा खिचेको तस्विर सामाजिक संजालमा पोस्ट गर्दै इन्स्टाग्राममा खुशी साटेकी छिन् । उनले सामाजिक संजालमा लेखेकी छिन्, ‘नमस्ते सबैलाई, म आज तपाईंहरु सबैसँग हाम्रो खुसीको समाचार सुनाउन चाहन्छु। जीन र म अत्यन्तै हर्षित छौं र हाम्रो हृदय कृतज्ञता र मायाले भरिएको छ किनकी हामीले हाम्रा जुम्ल्याहा बच्चा जय जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफलाई परिवारमा स्वागत गरेका छौं। हामी जीवनको नयाँ चरणबारे उत्साहित छौं।’

    भारतीय मिडियाका अनुसार प्रीति र जीनका बच्चा सरोगेसीबाट जन्मेका हुन्। आफ्नो पोस्टमा प्रीतिले सरोगेट र डाक्टहरुलाई पनि धन्यवाद व्यक्त गरेकी छिन्। उनले भनेकी छिन्, ‘यो अविश्वसनीय यात्राको हिस्सा भइदिएकोमा डाक्टर, नर्स र हाम्रो सरोगेटलाई हार्दिक धन्यवाद– प्रीति, जीन, जय र जिया।’
    एजेन्सीको सहयोगमा

    images
    images
    images
    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार