logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • मतदान सुरु  भयाे खोटाङ कांग्रेसको नेतृत्व चयनका लागि

    मतदान सुरु  भयाे खोटाङ कांग्रेसको नेतृत्व चयनका लागि

    4.9K
    Shares
    खोटाङ ।  नयाँ नेतृत्व चयनका लागि नेपाली कांग्रेस खोटाङको मतदान सुरु भएको छ । कांग्रेस जिल्ला कार्य समितिको सात पदाधिकारी, ३२ जिल्ला सदस्यसहित २५ जना संघीय महाधिवेशन प्रतिनिधि छनाेटका लागि बुधबार बिहान ८ बजेदेखि दिक्तेलको सरस्वती माविमा मतदान सुरु भएको हो ।

    कांग्रेस निर्वाचनमा एक हजार तीन सय ७८ मतदाता सहभागी हुने भएकाले दिनभर मतदान हुने अनुमान गरिएको छ । कांग्रेस खोटाङको सभापतिका लागि पूर्व पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सर्वधन राई र पूर्वसभापति विष्णुकुमार राई चुनावी मैदानमा उत्रिएका छन् । जिल्ला सभापतिका लागि शेरबहादुर देउवा निकट पूर्वराज्यमन्त्री राई र रामचन्द्र पौडेल निकट पूर्वसभापति राई प्रतिस्पर्धामा उत्रिएका हुन् ।

    पूर्वराज्यमन्त्री राईको प्यानलबाट उपसभापतिमा मनोज तिम्सिना र राजन सैंजू, सचिवमा रोजन राई र राम साम्पाङ, सहसचिवमा ध्यानबहादुर राई र राजकुमार राई चुनावी मैदानमा छन् । यस्तै, पूर्वसभापति राईको प्यानलबाट उपसभापतिमा इवन राई र तीर्थराज भट्टराई, सचिवमा ज्ञानेन्द्र जोशी र समिर राई, सहसचिवमा सार्जन राई र शालिकराम बञ्जराको मनोनयन–पत्र दर्ता भएको छ ।

    पूर्वराज्यमन्त्री राईलाई जिल्ला सभापतिका चार आकांक्षीमध्ये देउवा निकट महासमिति सदस्य रविप्रकाश राई र सिटौला निकट महाधिवेशसन प्रतिनिधि भूपेन्द्र राईको समर्थन छ । पूर्व सभापति राईलाई वर्तमान सभापति नरेश श्रेष्ठ र शेखर कोइराला निकट महासमिति सदस्य सुवासकुमार पोखरेलको समर्थन छ । सभापतिको दावीबाट पछि हटेका रविप्रकाश र भूपेन्द्र संघीय महाधिवेशन प्रतिनिधिका उम्मेद्वार बनेका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend